4 years ago
December 18, 2021
पोखरा (हाम्रो खेलकुद) – मनाङ मर्स्याङ्दी क्लबले कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगमा आफ्नो पाँचौं खेलमा शनिबार नेपाल पुलिस क्लबलाई ३–१ ले हराएको छ । यस जितसँगै मनाङको एएफसी कप छनोट खेल्ने सम्भवना बलियो बनेको छ ।

पोखरा रंगशालामा पुलिसका गोलरक्षक रोशन खड्काले बिर्सनलायक प्रदर्शन गरेको खेलमा अन्जन विष्टले २ गोल गरेपछि मनाङले पुलिसलाई हराएको हो । मनाङको जितमा अर्को गोल निशाल लिम्बुले गरेका थिए । पुलिसका लागि एक मात्र गोल पेनाल्टीमा सुमन लामाले फर्काएका थिए ।
खेलको १० औं मिनेटमा अन्जनको गोलबाट मनाङले अग्रता लिएको थियो । रक्षक दिनेश राजवंशीको लामो पासमा अञ्जनले जारी लिगमा पहिलो गोल गरे । पुलिसका गोलकिपर रोशन खड्का पेनाल्टी बक्स बाहिर निस्किएको मौकाको फाइदा उठाउँदै अन्जनले टोलीका गोल गरेका थिए ।
मध्यान्तर हुन १० मिनेट बाँकी रहँदा पुलिसका लागि सुमन लामाले पेनाल्टी गोलमार्फत बराबरी खेल फर्काएपछि पहिलो हाफ १–१ को बराबरीमा टुंगिएको थियो । मनाङका रक्षक सरोज योञ्जन लामाले १८ यार्ड बक्सभित्र पुलिसका फरवार्ड निर कुमार राईमाथि खराब फाउल गरे । त्यसपछि पुलिसले पेनाल्टी पाएको थियो । सोही पेनाल्टीमार्फत सुमन लामाले पुलिसका लागि बराबरी गोल फर्काए ।
७३औं मिनेटमा अञ्जनले फ्रि–किकमार्फत दोस्रो गोल गर्दै टोलीलाई पुनःअग्रता दिलाए । पुलिसका रक्षक सन्तोष हेमरूनले १८ यार्ड बक्सको एजमा बल ह्यान्ड गरेसँगै मनाङले फ्रि–किक पाएको थियो । ८३औं मिनेटमा मनाङ निशान लिम्बुले घरेलु टोलीका लागि तेस्रो गोल गरे । ओलावालेले गरेको प्रहार पुलिसका गोलकिपर रोशनले फर्काएपछि सोही रिबाउन्ड बलमा निशानले भली प्रहार गर्दै गोल गरे ।
अघिल्लो दिन दशरथ रंगशालामा साविक विजेता मच्छिन्द्र फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लबले अलग अलग खेलमा बराबरी खेलेपछि मनाङले त्यसको फाइदा उठाउँदै शीर्षस्थानमा उक्लेको छ । सातौं चरणको समाप्तीमा ४ क्लब मनाङ, मच्छिन्द्र, आर्मी र एपिएफ फुटबल क्लबमध्ये अंकतालिकाको माथि रहने टोलीले एएफसी कप छनोटमा नेपालको प्रतिनिधित्व गर्नेछ । छैटौं चरणमा मच्छिन्द्रसँग खेल्नुअघि मनाङ (१३ अंक) ले दुई अंकको स्पष्ट अग्रता लिएको छ । दोस्रो स्थानको मच्छिन्द्रको ११ र तेस्रो स्थानको आर्मीको ९ अंक छ ।
मनाङले सातौं र आठौं चरणका खेल पनि पोखरा रंगशालामा नै खेल्नेछ । छैटौं चरणको खेलका लागि भने टोली काठमाडौं फर्कनेछ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]