default_image

4 years ago

December 18, 2021

एएफसी कप छनोटमा मनाङको दाबेदारी

287 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – एएफसी कप छनोटमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने एक स्थानमा मनाङ मर्स्याङ्दी क्लबको दाबेदारी बलियो देखिएको छ ।

शनिबार पोखरा रंगशालामा नेपाल पुलिस क्लबलाई ३-१ ले पराजित गर्दै मनाङले अंक तालिकाको शीर्षस्थानमा २ अंकको अग्रता कायम गर्यो । सातौं चरणको खेल सकिँदा शीर्षस्थानमा रहने टोली एएफसी कप छनोट खेल्ने प्रावधान रहेको छ । अब दुई चरणको खेलको नतिजाले एएफसी कप छनोट खेल्ने टोली पक्का हुनेछ ।

अघिल्लो दिन दशरथ रंगशालामा साविक विजेता मच्छिन्द्र फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लबले अलग अलग खेलमा बराबरी खेलेपछि मनाङले त्यसको फाइदा उठाउँदै शीर्षस्थानमा उक्लेको हो । सातौं चरणको समाप्तीमा ४ क्लब मनाङ, मच्छिन्द्र, आर्मी र एपिएफ फुटबल क्लबमध्ये अंकतालिकाको माथि रहने टोलीले एएफसी कप छनोटमा नेपालको प्रतिनिधित्व गर्नेछ ।

छैटौं चरणमा मच्छिन्द्रसँग खेल्नुअघि मनाङ (१३ अंक) ले दुई अंकको स्पष्ट अग्रता लिएको छ । दोस्रो स्थानको मच्छिन्द्रको ११ र तेस्रो स्थानको आर्मीको ९ अंक छ । मनाङले सातौं र आठौं चरणका खेल पनि पोखरा रंगशालामा नै खेल्नेछ । छैटौं चरणको खेलका लागि भने टोली काठमाडौं फर्कनेछ ।

छैटौं चरणमा मनाङ र मच्छिन्द्रले एक अर्कासँग खेल्दैछन् । यस्तोमा एएफसी कप छनोट खेल्ने सम्भावना बोकेको अर्को क्लब त्रिभुवन आर्मीले थ्री स्टार क्लबको सामना गर्नेछ । मनाङले सातौं चरणमा पोखरामा ब्रिगेड ब्वाइज क्लबसँग खेल्दा मच्छिन्द्रले पुलिसको सामना गर्दैछ । आर्मीले भने सातौं चरणमा एपिएफको सामना गर्नेछ ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.