4 years ago
December 18, 2021
काठमाडौं (हाम्रो खेलकुद) – रुस्लान थ्री स्टार क्लब र न्युरोड टिम (एनआरटी) ले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगतको पहिलो हाफमा बराबरी खेलेका छन् ।

प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले अवसर सिर्जना गरेपनि सदुपयोग गर्न नसक्दा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलको २१औं मिनेटमा विजय भुजेलको प्रहार पोस्ट नजिकैबाट बाहिरियो ।
२९औं मिनेटमा सन्जोक राईको पासमा अशोक खवासले गरेको क्रसलाई गोलरक्षक अजित प्रजापतिले पञ्च गर्दै बाहिर पठाउँदा थ्री स्टार अग्रता लिनबाट चुक्यो । सोही मुभको कर्नरमा अनन्त तामाङको हेडरमा गोलरक्षक अजित नै बाधक बन्दा डिफेन्डरले क्लियर गरिदिए ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]