default_image

4 years ago

December 19, 2021

बिबिसीविरुद्ध शेर्पा पहिलो जितको खोजीमा

233 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– हिमालयन शेर्पा क्लबले दबाबका बीच कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगमा आइतबार ब्रिगेड ब्वाइज क्लब (बिबिसी) को सामना गर्दैछ । लिगमा आज हुने एक मात्र खेल दिउँसो ४:४५ बजे सुरु हुनेछ ।

शनिबार सम्म लिगका ३३ खेल सकिँदासम्म एक खेल पनि नजित्ने ३ टोली मध्ये हिमालयन शेर्पा एक हो । फ्रेन्ड्स क्लब र एपिएफ फुटबल क्लबले पनि अहिले सम्म एक खेल जित्न सकेका छैनन् । त्यसैले १४ टोलीको सहभागिता रहेको लिगमा फ्रेन्ड्स १२ औं, हिमालय शेर्पा १३ औं र एपिएफ अंकतालिकाको पुछारमा छ ।

एक खेल पनि नजित्दा यी तीन टोलीमाथि रेलिगेसन दबाब बढ्दै गएको छ । यस्तै दबाबमा रहेको जावलाखेल युथ क्लबले लिगमा पहिलो जित दर्ता गर्ने क्रममा शनिबार च्यासल युथ क्लबलाई १–० ले हराएको थियो । यसपटक लिगमा दुई टोली रेलिगेसनमा पर्नेछन् ।

रेलिगसेन दबाब कम गराउनका लागि पनि हिमालयन शेर्पाका लागि बिबिसीसँगको खेल महत्वपूर्ण हुनेछ । बिबिसी ४ खेलमा १ जित र २ बराबरी र १ हारका साथ ५ अंक जोडेर आठौं स्थानमा छ । फ्रेन्ड्स, हिमालयन शेर्पाको समान २ अंक छ भने एपिएफको १ अंक छ ।

पहिलो खेलमा संकटासँग १–१ को बराबरी खेलेको हिमालयन शेर्पा अर्को खेलमा मनाङसँग १–० ले पराजित भएको थियो । तेस्रोमा पुलिससँग १–१ को बराबरी खेलेको हिमालयन शेर्पा यसअघिको खेलमा साविक विजेता मच्छिन्द्रसँग ३–० ले पराजित भएको थियो ।

पहिलो खेलमै एपिएफलाई ३–२ ले हराउँदै दमदार सुरुवात गरेको बिबिसीले दोस्रो खेलमा एनआरटीसँग गोलरहित बराबरी खेलेको थियो । आर्मीसँग १–० को हार बेहोरेको बिबिसीले यसअघिको खेलमा छिमेकी जावलाखेलसँग गोलरहित बराबरी खेलेको थियो ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.