default_image

4 years ago

December 19, 2021

मुताम्वाको गोलमा शेर्पालाई अग्रता

141 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो जितको खोजीमा रहेको हिमालयन शेर्पा क्लबले ब्रिगेड ब्वाइज क्लब (बिबिसी) विरुद्ध पहिलो हाफमा अग्रता बनाएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलको चौथो मिनेटमा मुताम्वा पिस्टोन भुनयोलीले गोल गोल गर्दै हिमालयन शेर्पालाई १–० को अग्रता दिलाएका हुन् । शिशिर लेखाीले विसन गुरुङलाई फउल गरेपछि प्राप्त फ्रिकिकमा कप्तान विश्वास श्रेष्ठको प्रहारलाई मुताम्वाले हेडरमार्फत जाली चुमाउँदा गोलरक्षक एन्जल श्रेष्ठ मुकदर्शक बने ।

१२औं मिनेटमा सुरेश कुमालको क्रसमा मुताम्वाको हेडरलाई गोलरक्षक एन्जल श्रेष्ठले टप कर्नरबाट पञ्च गर्दै बाहिर फाले । १९औं मिनेटमा दिपेश गुरुङको फ्रिकिकमा ड्याडी जुनियर वाम्वाको हेडर पहिलो बारबाट बाहिरिदा बिबिसी बराबरीबाट चुक्यो ।

शेर्पाले लिगमा चार खेल खेल्दा समान दुई बराबरी र हारको नतिजा निकालेको थियो । बिबिसी दोस्रो जितको खोजीमा रहेको छ । बिबिसीले १ जित, दुई बराबरी र एक हारको नतिजा निकालेको छ ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.