4 years ago
December 19, 2021
काठमाडौं (हाम्रो खेलकुद) – हिमालयन शेर्पा क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो जित दर्ता गरेको छ । आइतबार भएको ब्रिगेड ब्वाइज क्लब (बिबिसी) लाई ३–१ ले पराजित गर्दै शेर्पाले लिगमा पहिलो जित निकालेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शेर्पाको जितमा मुताम्वा पिस्टोन भुनयोली, सुरेश कुमाल र मनिष थापाले गोल गरे । बिबिसीका भुवन बस्नेतले एक गोल गरे ।
खेलको चौथो मिनेटमा मुताम्वा पिस्टोन भुनयोलीको गोलबाट शेर्पाले १–० को अग्रता लिएको थियो । शिशिर लेखाीले विसन गुरुङलाई फउल गरेपछि प्राप्त फ्रिकिकमा कप्तान विश्वास श्रेष्ठको प्रहारलाई मुताम्वाले हेडरमार्फत जाली चुमाउँदा गोलरक्षक एन्जल श्रेष्ठ मुकदर्शक बने ।
१२औं मिनेटमा सुरेश कुमालको क्रसमा मुताम्वाको हेडरलाई गोलरक्षक एन्जल श्रेष्ठले टप कर्नरबाट पञ्च गर्दै बाहिर फाले । १९औं मिनेटमा दिपेश गुरुङको फ्रिकिकमा ड्याडी जुनियर वाम्वाको हेडर पहिलो बारबाट बाहिरिदा बिबिसी बराबरीबाट चुक्यो ।
५३औं मिनेटमा सब्सिच्युट फरवार्ड भुवन बस्नेतले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । दोस्रो हाफको शुरुमै दिनेश राईको स्थानमा मैदान छिरेका भुवनले शिशिर लेखीको पासमा पहिलो बार च्याप्दै गरेको सशक्त प्रहारले जाली चुमेको थियो ।
७४औं मिनेटमा सुरेश कुमालले गोल गर्दै शेर्पालाई २–१ को अग्रता दिलाए । जीवन गुरुङको लामो पासमा गोलरक्षक एन्जल श्रेष्ठ अघि बढेको अवस्थामा वान टचमा चिपमा गोल गर्न सफल भएका थिए । इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा मनिष थापाले गोल गर्दै शेर्पाको जित पक्का गरे ।
जितपछि शेर्पा ५ खेलबाट ५ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ । पराजित बिबिसीको पनि ५ खेलबाट ५ अंक नै छ । गोल अन्तरमा बिबिसी नवौं र पुलिस १०औं स्थानमा रहेको छ ।
पहिलो जित निकालेको शेर्पाले लिगमा चार खेल खेल्दा समान दुई बराबरी र हारको नतिजा निकालेको थियो । दोस्रो हार बेहोरेको बिबिसीले १ जित, दुई बराबरीको नतिजा निकालेको छ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]