4 years ago
December 19, 2021
काठमाडौं (हाम्रो खेलकुद)– कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगमा दबाबकाबीच पहिलो जित दर्ता गरेपछि हिमालयन शेर्पा क्लबका प्रशिक्षक युगल किशोर राईले खुसी व्यक्त गरेका छन् ।

अघिल्ला चार खेलमा २ बराबर र २ हार बेहोरेको हिमालयन शेर्पाले आइतबार ब्रिगेड ब्वाइज क्लब (बिबिसी) लाई ३–१ ले जित्दै अंक तालिकामा फड्को मारेको छ । ए डिभिजन लिगमा पहिलो पटक क्लब सम्हालेका युगलले पहिलो जित निकालेपछि खुसी साटे ।
‘डेब्यू सिजनमा पहिलो ३ अंक जाड्दा खुसी छु । खेल जितेको भन्दा पनि ३ अंक जोडेकोमा बढी खुसी छु’, उनले भने, ‘तर हामी अघिल्ला खेलहरुमा हार्दा आत्तेका थिएनौं र आज जित्दा पनि मात्तिने छैनौं ।’
उनले लिगमा सुरुवात र अन्त्य एकनास नहुने उदाहरण प्रस्तुत गरे । ‘लिगमा खेलाडीको रुपमा मेरो पनि लामो अनुभव भइसकेको छ । लिगमा सुरुवात राम्रो भएर अन्त्य खराब पनि हुन्छ’, उनले थपे, ‘कहिले सुरुवात कमजोर भएर अन्त्य राम्रो हुन सक्छ । त्यसैले हामी कहिले पनि अत्तिएनौं । अब अहिले मात्तिनौं । यद्दपी दबाब भने हामीमाथि थियो । यो जितले स्वभाविक रुपमा मनोबल बढाउँछ ।’

फुटबलमा जत्ति राम्रो खेलेपनि अन्तत गोल नै महत्वपूर्ण हुने दोहोराए । ‘फुटबलमा गोल नै चाहिन्छ । जति राम्रो खेले पनि । हामीले राम्रो खेलेका खेलमा गोल गर्न सकेनौं । आज गोल निस्कियो र जित्यौं । आज अन्य दिनको भन्दा केहि आक्रामक पनि खेलेका थियौं, ‘उनले भने ।
राई आउने खेलहरु सहज हुँदै जानेमा आशावादी छन् । ‘ठूला लगानी र व्यवस्थापन भएका क्लबमध्ये आर्मीबाहेक सबैसँग खेलिसकेका छौं । त्यसैले अबका खेल केही सहज हुन्छ’, उनले जोडे, ‘हामीसँग नामका स्टार खेलाडी छैनन् तर सबै एकै स्तरका खेलाडी छन् । मेरो लागि सबै स्टार हुन् । सन्तुलित टोली छ । प्रशिक्षणमा जति राम्रो गछौं त्यति मौका पाउने हो । टिममा खेलाडी छनोट गर्न गाह्रो छैन । जसले प्रशिक्षणमा राम्रो गर्छ उसले मौका पाउने भनेर मैले प्रष्ट भनेको छु । त्यसकै आधारमा हामी टोली तयार गर्छौ । टिम सेटका लागि गाह्रो छैन । ‘
यता बिबिसीका प्रशिक्षक सनोज श्रेष्ठले भने कम अनुभव भएका गोलकिपरका कारण हार बेहोर्नुपरेको बताए । ‘पहिलो गोल टिम सेट नहुँदै खायौं । दोस्रोमा गोलरक्षकमा अनुभवको कमीले गर्दा गोल खानुपर्यो’, उनले भने, ‘बी डिभिजनबाट ए डिभिजनमा ल्याएका गोलरक्षक हुन् । पहिलो रोजाईका गोलकिपर पूर्ण चेम्जोङ घाइते भएकाले उनलाई खेलाउनु पर्यो ।’

जितपछि शेर्पा ५ खेलबाट ५ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ । पराजित बिबिसीको पनि ५ खेलबाट ५ अंक नै छ । हेड टु हेड नतिजाको आधारमा पुलिस नवौं र बिबिसी दशौं स्थानमा छ । पहिलो जित निकालेको शेर्पाले लिगमा चार खेल खेल्दा समान दुई बराबरी र हारको नतिजा निकालेको थियो । दोस्रो हार बेहोरेको बिबिसीले १ जित, दुई बराबरीको नतिजा निकालेको छ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]