default_image

3 years ago

December 20, 2021

शीर्षस्थानको सिटीको सानदार जित, चेल्सी रोकियो

143 views

0 Bookmark

एजेन्सी – शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीले सानदार जित निकाल्दा शीर्ष दौडमा रहेको लन्डन क्लब चेल्सीले बराबरीको नतिजा निकालेको छ ।

म्यानचेस्टर सिटीले न्यूक्यासल युनाइटेडलाई उसकै मैदानमा ४–० को फराकिलो जित निकालेको हो । सिटीको जितमा रुवेन डियास, जोओ क्यान्सेलो, रियाद महारेज र रहिम स्टर्लिङले गोल गरे । पहिलो र दोस्रो हाफमा समान दुई गोल भएको थियो ।

सेन्ट जेम्स पार्कमा आइतबार राति भएको खेलको पाँचौ मिनेटमा नै रुवेन डियासको गोलबाट सिटीले अग्रता बनाएको थियो । उनले जोओ क्यान्सेलोको पासमा गोल गरेका थिए । २७औं मिनेटमा जोओ क्यान्सेलोले रियाद महारेजको पासमा गोल गर्दै सिटीको अग्रता दोब्बर पारे ।

६३औं मिनेटमा महारेजले ओलेकसान्दर जिनचेन्कोको पासमा गोल गर्दै सिटीलाई सहज जिततर्फ अघि बढाए । ८६औं मिनेटमा रहिमले गोल गर्दै सिटीको फराकिलो जित पक्का गरे । उनले गाब्रियल जेससको पासमा गोल गरेका थिए ।

जितसँगै शीर्षस्थानमा रहेको सिटीको १८ खेलबाट ४४ अंक पुगेको छ । सिटीले दोस्रो स्थानमा रहेको लिभरपुललाई ३ अंकले पछि पारेको छ । लिभरपुल आइतबार राति नै टोटेनहमसँग २–२ गोलको बराबरीमा रोकिएको थियो । पराजित न्यूक्यासल १० अंक जोडेर १९औं स्थानमा रहेको छ ।

अर्काे खेलमा चेल्सी वल्भ्ससँग गोलरहित बराबरीमा रोकिएको छ । घरेलु टोलीलाई दवावमा राखेपनि चेल्सीले मौकालाई सदुपयोग गर्न नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो ।

यो बराबरीसँगै शीर्ष दौडमा रहेको चेल्सी शीर्षस्थानको सिटीसँग ६ अंकले तथा दोस्रो स्थानको लिभरपुलसँग ३ अंकले पछि परिसकेको छ । सिटीको ३८ अंक छ । वल्भ्स २५ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

February 13, 2025

थ्री स्टारलाई उज्वेक ब्ल्याक बुल्सको चुनौती

पोखरा (हाम्रो खेलकुद)- सिजनको पहिलो नकआउट खेल्ने क्रममा पोखरा आएको थ्री स्टार क्लबले विजयी सुरुवात गरेको थियो। त्यो जितले थ्री स्टार २४ औं आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा पुगेको थियो। बलियो मानिएको मच्छिन्द्र फुटबल क्लबलाई पेनाल्टीमा ४-२ ले हराउँदै अघि बढेको थ्री स्टारले त्यो भन्दा बलियो चुनौतीको सामना सम्भवतः आजको खेलमा गर्नुपर्ने हुनसक्छ। जहाँ ५ […]

February 13, 2025

बायर्नको जितमा केनको गोल

एजेन्सी – बायर्न म्युनिखले च्याम्पियन्सिप लिग प्ले अफको पहिलो लेग जितेको छ। बायर्नले बुधवार स्कटल्याण्डको सेल्टिकलाई २-१ ले हरायो । बायर्नलाई जिताउन माइकल ओलिस र हेरी केनले गोल गरे । सेल्टिकका डेजेन मेडाले गोल फर्काए । बायर्नका ओलिसले पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै अग्रता दिलाए । दोस्रो हाफको चौथो मिनेटमा केनले गोल गर्दै बार्यनको […]

February 13, 2025

रोमाञ्चक खेलमा लिभरपुल रोकियो

एजेन्सी – इंग्लिस प्रिमियर लिगकि शीर्ष टोली लिभरपुल बराबरीमा राकिएको छ । लिभरपुललाई बुधवार एभर्टन २-२ को बराबरीमा रोकेको हो । इन्ज्युरी समयको आठौं मिनेटमा बराबरी गोल गर्दैै एभर्टनले १ अंक खोस्यो। घरेलु मैदानमा एभर्टनका लागि जेम्स टार्कोव्स्की र बेटोले गोल गरे । लिभरपुलका लागि एलेक्स म्याक एलिसेल्टर र मोहम्मद सलाहले गोल गरे । खेलमा […]

Success

Thank you for your time.