4 years ago
December 20, 2021
काठमाडौं (हाम्रो खेलकुद) – दुई मिनेटको अन्तरमा दुई गोल गर्दै विभागीय नेपाल एपिएफ फुटबल क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा फ्रेन्ड्सविरुद्ध पहिलो हाफमा २–० को अग्रता लिएको छ ।

विकी तामाङ र आशिष लामाले गोल गर्दै एपिएफलाई अग्रता दिलाएका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलको पाँचौ मिनेटमा प्रिजेन तामाङको पासमा जमल एन्थोनी फ्रान्कोइसको वान भर्सेस वानको प्रहारलाई एपिएफका जापनिज गोलरक्षक युया कुरियामाले अघि बढ्दै बचाउँदा फ्रेन्ड्स अग्रता लिनबाट चुक्यो ।
१७औं मिनेटमा प्रिजेन तामाङको पेनाल्टी बक्सभित्रको प्रहारलाई गोलरक्षक युयाले डाइभ दिदै बचाउँदा फ्रेन्ड्स अग्रता लिनबाट चुक्यो ।सुरुवातमा दवाव झेलेपनि ३०औं मिनेटमा विकी तामाङले गोल गर्दै एपिएफलाई १–० को अग्रता दिलाए । नविन लामाको पासमा आशिष लामाले गरेको प्रहार फ्रेन्ड्सका कप्तान असिम भुषाललाई डिफ्लेक्ट हुँदा नविनले मिलाइदिएको पासमा विकीको शक्तिशाली प्रहार क्रसबारमा लाग्दै गोलमा परिणत भएको थियो ।
त्यसको दुई मिनेटपछि ३२औं मिनेटमा आशिष लामाले गोल गर्दै एपिएफको अग्रता दोब्बर पारे । आशिषको प्रहार असिमलाई नै डिफ्लेक्ट हुदै गोलमा परिणत हुँदा गोलरक्षक राहुल रामचन्द्र यादवले रोक्ने कुनै अवसर नै पाएनन् ।
दुवै टोली रेलिगेसन जोनमा रहेकाले यो खेल दुवै टोलीको लागि महत्वपुर्ण रहेको छ । लिगको चौथो चरणको खेलसम्म फ्रेन्ड्सको दुई तथा एपिएफको एक अंक छ । एपिएफले थ्री स्टारलाई बराबरीमा रोक्दै लिगमा पहिलो अंक जोडेको थियो । फ्रेन्ड्सले सातदोबाटो युथ क्लब र थ्री स्टारसँग बराबरी खेल्दै अंक जोडेको थियो ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]