4 years ago
December 20, 2021
काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड आशिष लामाको दुई गोल मद्दतमा विभागीय नेपाल एपिएफ फुटबल क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो जित निकालेको छ ।

एपिएफले लिगको पाँचौ खेलमा फ्रेन्ड्सलाई ३–१ ले पराजित गर्दै लिगमा पहिलो जित दर्ता गरेको हो । एपिएफको जितमा विकी तामाङले गोल गर्दा फ्रेन्ड्सका प्रिजेन तामाङले एक गोल फर्काए ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलको पाँचौ मिनेटमा प्रिजेन तामाङको पासमा जमल एन्थोनी फ्रान्कोइसको वान भर्सेस वानको प्रहारलाई एपिएफका जापनिज गोलरक्षक युया कुरियामाले अघि बढ्दै बचाउँदा फ्रेन्ड्स अग्रता लिनबाट चुक्यो । १७औं मिनेटमा प्रिजेन तामाङको पेनाल्टी बक्सभित्रको प्रहारलाई गोलरक्षक युयाले डाइभ दिदै बचाउँदा फ्रेन्ड्स अग्रता लिनबाट चुक्यो ।
सुरुवातमा दवाव झेलेपनि ३०औं मिनेटमा विकी तामाङले गोल गर्दै एपिएफलाई १–० को अग्रता दिलाए । नविन लामाको पासमा आशिष लामाले गरेको प्रहार फ्रेन्ड्सका कप्तान असिम भुषाललाई डिफ्लेक्ट हुँदा नविनले मिलाइदिएको पासमा विकीको शक्तिशाली प्रहार क्रसबारमा लाग्दै गोलमा परिणत भएको थियो ।
त्यसको दुई मिनेटपछि ३२औं मिनेटमा आशिष लामाले गोल गर्दै एपिएफको अग्रता दोब्बर पारे । आशिषको प्रहार असिमलाई नै डिफ्लेक्ट हुदै गोलमा परिणत हुँदा गोलरक्षक राहुल रामचन्द्र यादवले रोक्ने कुनै अवसर नै पाएनन् ।

५६औं मिनेटमा आशिष लामाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै एपिएफको अग्रता दोब्बर पारे । आभास लामिछानेको पासमा अनमार्क रहेका आशिषले एक्लै बल अघि बढाउँदै गोलरक्षक राहुललाई बिट गर्दै सहज फिनिस गरे ।
६८औं मिनेटमा प्रिजेन तामाङले पेनाल्टीमा गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याए । पेनाल्टी बक्समा एन्थोलीलाई दिपेश धिमालले फउल गरेपछि प्राप्त पेनाल्टीमा प्रिजेनले सहजै गोल गरे ।
७१औं मिनेटमा आशिष ह्याट्रिकबाट चुके । वान भर्सेस वानको अवस्थामा उनको प्रहारलाई गोलरक्षक राहुलले अघि बढ्दै ब्लक गरे । ९०औं मिनेटमा नविन लामाको फ्रिकिकलाई सनिष श्रेष्ठले भेट्न सकेन । त्यसपछि थप गोल निस्कन नसक्दा एपिएफ विजयी हुन सफल भयो ।
जितपछि पुछारमा रहेका एपिएफले तीन स्थान सुधार गर्दै ११औं स्थानमा उक्लिएको छ । समान ४ अंक नै रहेपनि गोल अन्तरमा जावलाखेल युथ क्लब र च्यासल युथ क्लबलाई पछि पारेको छ । पराजित फ्रेन्ड्स २ अंक जोडेर पुछारमा झरेको छ ।
एपिएफले थ्री स्टारलाई बराबरीमा रोक्दै लिगमा पहिलो अंक जोडेको थियो । एपिएफले बिबिसी, च्यासल र सातदोबाटोसँग हार भोगेको थियो । फ्रेन्ड्सले सातदोबाटो युथ क्लब र थ्री स्टारसँग बराबरी खेल्दा संकटा र मनाङसँग हार बेहोरेको थियो ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]