4 years ago
December 20, 2021
काठमाडौं (हाम्रो खेलकुद)– एएफसी क्लब लाइसेन्स प्राप्त गरेपछि पहिलो पटक एपिएफ फुटबल क्लबले विदेशी खेलाडी मैदानमा उतार्यो ।

नेपालमा बस्दै आएका गोलकिपर युया कुरियामालाई एपिएफले सोमबार कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगमा फ्रेन्ड्स क्लबविरुद्ध उतारेको थियो । संयोगवश अघिल्ला ४ खेलमा कुनै पनि खेल जित्न नसकेको एपिएफले फ्रेन्ड्सलाई ३–१ ले पराजित गर्यो । विभागिय टोलीले विदेशी खेलाडी खेलाएको यो नै पहिलो पटक हो । एएफसी लाइसेन्स प्राप्त अर्को विभागिय टोली त्रिभुवन आर्मी फुटबल क्लबले अहिले सम्म विदेशी खेलाडी उतारेको छैन ।
‘हाम्रो क्लबको इतिहासमा पहिलो पटक विदेशी खेलाडी खेलाएका हौं’, एपिएफका प्रशिक्षक कुमार थापाले भने,‘ हामीसँग उपलब्ध गोलकिपर अमृत चौधरीको शल्यक्रिया गर्नुपरेको छ भने राजु योगी ठिक हुन अझै समय लाग्ने देखियो । हामीलाई गोलकिपर आवश्यक पनि थियो । अर्को क्लबमा सम्पर्कमा पुगेका रहेछन् । त्यहाँ विदेशीको कोटा सकिएकोले हामीले ल्याएका हौं ।’

स्तरीय विदेशी खेलाडी ल्याउनका लागि भने ठूलो धनराशी लगानी गर्नुपर्ने उल्लेख गर्दै थापाले भने,‘ नेपालमै बस्दै आएका मालीका खेलाडी जसले नेपाली चेलीसँग विवाह गरेका रहेछन्, उनलाई पनि खेलाउन खोज्दैछौं । सायद अर्को खेलबाट आउँछन् होला । फरवार्ड पनि खोजिरहेका छौं । व्यावसायिक र स्तरीय खेलाडी ल्याउनका लागि ठूलो बजेट चाहिन्छ । विदेशी खेलाडीका लागि मात्र ४०/५० लाख रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ । त्यो नेपाली क्लबका लागि सहज पक्कै हुँदैन ।’
पहिलो जितबाट भने खुसी भएको जनाउँदै थापाले भने,‘ पुछारका टोलीको खेल रोचक भयो । ४ अंक मा सन्तुष्ट छौं । पहिलो जित हो । खेलाडीको सुधारलाई सकारात्मक लिनुपर्छ । एक पछि अर्को खेलमा सुधार भइरहेको छ । आज आशिषले ह्याट्रिक गर्नुपर्ने थियो ।’
पहिलो जितपछि ४ अंकसहित एपिएफ रेलिगेसन क्षेत्रबाट माथि उक्लेको छ । फ्रेन्ड्स भने थप दबाबमा परेको छ । २ अंक जोडेको फ्रेन्ड्स अंकतालिकाको पुछारमा पुगेको छ । फ्रेन्ड्सका प्रशिक्षक मृगेन्द्र मिश्रले २५ मिनेट पछि टोलीले फुटबल खेल्दै बिर्से जस्तो भएको सुनाए ।

‘सुरुको २५ मिनेट राम्रो खेले, २-३ वटा मौका पनि पाएको हो । तर गोल खाएपछि भने टोलीले खेल्नै बिर्से जस्तो देखियो । मनोबल नै कमजोर भयो’, उनले भने ।
मिश्रले कप्तान प्रकाश बुढाथोकी नहुँदा मैदान भित्र टोलीलाई नेतृत्व गर्ने खेलाडीको अभाव भएको जनाए । उनले यीनै खेलाडीबाट आउने खेलमा सुधारिएको प्रदर्शनका लागि प्रयास गर्ने समेत बताए । ‘रेलिगेसन दबाब छ । सबै उस्तै स्तरको टोली छन् । दुई वटा खेल जित्दा पनि माथि आउने सम्भावना हुन्छ,’ उनल थपे,‘ यसपटक रेलिगेसन जोगाउने मात्र उद्देश्य । हामीले पोजिसनलाई ध्यान दिएका छैनौं ।’
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]