default_image

4 years ago

December 22, 2021

पाँचौं चरणमा पुछारका टोलीलाई राहत, मनाङको एकल अग्रता

159 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगको पाँचौं चरणको समाप्ती मनाङ मस्र्याङ्दी क्लबले एकल अग्रता बनाएको छ । शीर्षस्थानको दौडमा रहेको अन्य टोली बराबरीमा रोकिनु र आफूले जितको सिलसिलालाई निरन्तरता दिएपछि मनाङले दोस्रोको टोलीसँग २ अंकको स्पष्ट अग्रता बनाएको छ ।

सातौं चरणको समाप्तीमा एएफसी लाइसेन्स प्राप्त ४ क्लबमध्ये माथिल्लो स्थानमा रहने टोलीले एएफसी कप छनोट खेल्ने भएकाले पनि मनाङलाई पाँचौं चरणको नतिजाले फाइदा पुगेको छ । यद्दपी दुई चरणको खेल अझै बाँकी रहेकाले दोस्रो स्थान मच्छिन्द्र फुटबल क्लब र तेस्रो स्थानको त्रिभुवन आर्मी फुटबल क्लबको सम्भावना पनि बाँकी छ ।

पहिलो पटक ए डिभिजन लिग पोखरामा आयोजना गर्नका लागि मनाङले पहल लिएको थियो । त्यहि क्रममा पाँचौं चरणको खेलमा मनाङले पुलिसलाई ३–१ ले पराजित गरेको थियो । त्यसयता पाँचौं चरणका अन्य खेलमा आर्मीले सातदोबाटो युथ क्लबसँग १–१ को बराबरीमा रोकियो । त्यस्तै मछिन्द्रले संकटा क्लबसँग बराबरी खेलेको थियो ।

पाँचौं चरणका ७ खेलमा ४ खेलमा हार जितको नतिजा निस्कदा ३ खेल भने बराबरीमा टुंगिएका थिए । पाँचौं चरणमा मनाङसँगै जावलाखेल युथ क्लब, हिमालयन शेर्पा र एपिएफ क्लबले पहिलो जित दर्ता गराए । जावलाखेलले च्यासल युथ क्लबलाई १–० ले, शेर्पाले ब्रिगेड ब्वाइज क्लबलाई र एपिएफले फ्रेन्ड्सलाई समान ३–१ ले हराए । अर्को खेलमा भने थ्री स्टार र एनआरटीले गोलरहित बराबरी खेले ।

पाँचौं चरणका ७ खेलमा १५ गोल सम्भव भएको थियो । त्यसअघि पहिलो चरणमा १६, दोस्रोमा ७, तेस्रोमा १८ र चौथोमा ९ गोल सम्भव भएको थियो । लिगका ५ चरणमा सम्पन्न ३५ खेलमा जम्मा ६५ गोल भएका छन् । जसमा २१ खेलमा जित हारको नतिजा निस्कदा १४ खेल भने बराबरीमा टुंगिएको थियो । ६ खेल गोलरहित र ८ खेल गोलसहितको बराबरी भएको थियो । पहिलो हाफमा २७ र दोस्रो हाफमा ३८ गोल सम्भव भएको थियो ।

लिगमा अहिले सम्म ४८ खेलाडीको गोल गर्दा २ खेलाडीको नाममा आत्मघाती गोल रहेको छ । सातदोबाटो अजयी मार्टिन्सको ४, मच्छिन्द्रको सुनिल बल, संकटाका निरज बस्नेत, पुलिसका समुन लामा र एपिएफ आशिष लामाको ३ गोल रहेको छ ।

सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७८

पहिलो राउन्ड

१. फ्रेन्ड्सविरुद्ध सातदोबाटो (०–०)
२. शेर्पाविरुद्ध संकटा (१–१)
३. च्यासलविरुद्ध थ्री स्टार (०–३)
४. बीबीसीविरुद्ध एपीएफ (३–२)
५. जावलाखेलविरुद्ध मनाङ (०–१)
६. आर्मीविरुद्ध पुलिस (१–१)
७. मछिन्द्रविरुद्ध एनआरटी (२–१)
पहिलो राउन्डमा १६ गोल

दोस्रो राउन्ड

८. सातदोबाटोविरुद्ध थ्री स्टार (१–०)
९. संकटाविरुद्ध फ्रेन्ड्स (२–१)
१०. च्यासलविरुद्ध एपीएफ (१–०)
११. शेर्पाविरुद्ध मनाङ (०–१)
१२. जावलाखेलविरुद्ध पुलिस (०–१)
१३. बीबीसीविरुद्ध एनआरटी (०–०)
१४. आर्मीविरुद्ध मछिन्द्र (०–०)
दोस्रो राउन्डमा ७ गोल

तेस्रो राउन्ड

१५. फ्रेन्ड्सविरुद्ध थ्री स्टार (१–१)
१६. सातदोबाटोविरुद्ध एपीएफ (४–१)
१७. संकटाविरुद्ध मनाङ (२–२)
१८. च्यासलविरुद्ध एनआरटी (१–१)
१९. बीबीसीविरुद्ध आर्मी (०–१)
२०. शेर्पाविरुद्ध पुलिस (१–१)
२१.जावलाखेलविरुद्ध मछिन्द्र (०–२)
तेस्रो राउन्डमा १८ गोल

चौथो राउन्ड

२२. मनाङविरुद्ध फ्रेन्ड्स (२–०)
२३. च्यासलविरुद्ध आर्मी (०–२)
२४. सातदोबाटोविरुद्ध एनआरटी (०–१)
२५. शेर्पाविरुद्ध मछिन्द्र (०–३)
२६. थ्री स्टारविरुद्ध एपीएफ (०–०)
२७. संकटाविरुद्ध पुलिस (१–०)
२८. जावलाखेलविरुद्ध बीसीसी (०–०)
चौथो राउन्डमा ९ गोल

पाँचौ राउन्ड

२९. सातदोबाटोविरुद्ध आर्मी (१–१)
३०. संकटाविरुद्ध मछिन्द्र (०–०)
३१. च्यासलविरुद्ध जावलाखेल (०–१)
३२. मनाङविरुद्ध पुलिस (३–१)
३३. थ्री स्टारविरुद्ध एनआरटी (०–०)
३४. शेर्पाविरुद्ध बिबिसी (३–१)
३५. फ्रेन्ड्सविरुद्ध एपिएफ (१–३)
पाँचौं राउन्डमा १५ गोल

छैटौं राउन्ड

३६. एपिएफविरुद्ध एनआरटी
३७. पुलिसविरुद्ध फ्रेन्ड्स
३८. शेर्पाविरुद्ध च्यासल
३९. मनाङविरुद्ध मछिन्द्र
४०. संकटाविरुद्ध बिबिसी
४१. थ्री स्टारविरुद्ध आर्मी
४२. सातदोबाटोविरुद्ध जावलाखेल

सातौं राउन्ड

४३. एपिएफविरुद्ध आर्मी
४४. फ्रेन्ड्सविरुद्ध एनआरटी
४५. थ्री स्टारविरुद्ध जावलाखेल
४६. मनाङविरुद्ध बिबिसी
४७. संकटाविरुद्ध च्यासल
४८. पुलिसविरुद्ध मछिन्द्र
४९. सातदोबाटोविरुद्ध शेर्पा

आठौं राउन्ड

५०. संकटाविरुद्ध सातदोबाटो
५१. एपिएफविरुद्ध जावलाखेल
५२. मछिन्द्रविरुद्ध फ्रेन्ड्स
५३. मनाङविरुद्ध च्यासल
५४. एनआरटीविरुद्ध आर्मी
५५. थ्री स्टारविरुद्ध शेर्पा
५६. पुलिसविरुद्ध बिबिसी

नवौं राउन्ड

५७. एपिएफविरुद्ध शेर्पा
५८. मनाङविरुद्ध सातदोबाटो
५९. फ्रेन्ड्सविरुद्ध आर्मी
६०. थ्री स्टारविरुद्ध संकटा
६१. बिबिसीविरुद्ध मछिन्द्र
६२. पुलिसविरुद्ध च्यासल
६३. एनआरटीविरुद्ध जावलाखेल

जम्मा खेलः ३५

जम्मा गोल – ६५

२१ जितको नतिजा

१५ बराबरीको नतिजा [६ खेल गोलरहित, ९ खेल गोलसहित]

ह्याट्रिक – १ [अजायी मार्टिन्स (सातदोबाटो) एपीएफविरुद्ध]

आत्मघाती गोल – २ [करण रावत (सातदोबाटो) एपीएफविरुद्ध, सिमन्त थापा (जावलाखेल) मच्छिन्द्रविरुद्ध]

पहिलो हाफमा गोल – २७ गोल

दोस्रो हाफमा गोल – ३८ गोल

पहेंलो कार्डः १०८ [५ अफिसियल]

रातो कार्ड – १ [रोनेल एन्थोनी पउल (फ्रेन्ड्स) सातदोबाटोविरुद्ध (दोहोरो पँहेलो कार्ड)]

पेनाल्टीमा गोल – २ [सुमन लामा (मनाङविरुद्ध), प्रिजेन तामाङ – एपिएफविरुद्ध)]

पेनाल्टी मिस – १ [विकास मेराग्लिया (थ्री स्टारविरुद्ध)]

सर्वाधिक गोलकर्ता

४ गोल : अजायी मार्टिन्स

३ गोल : सुनिल बल, निरज बस्नेत, सुमन लामा, आशिष लामा (एपिएफ)

कुल ४८ खेलाडीको गोल

अंक तालिका

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.