default_image

4 years ago

December 22, 2021

बिल्वाओविरुद्ध रियल म्याड्रिड दवावमा

245 views

0 Bookmark

एजेन्सी – आफ्नो ११ सिनियर खेलाडीविनै स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको रियल म्याड्रिडले आज (बुधबार) राति एथलेटिको बिल्वाओसँग उसकै मैदानमा प्रतिस्पर्धा गर्दैछ ।

खेल सान मामेस बिल्वाओमा नेपाली समयअनुसार बुधबार बिहान २ः१५ बजे हुनेछ । सिनियर ११ खेलाडी अनुपस्थित रहेपनि रियल घरेलु टोलीलाई पराजित गर्दै आफ्नो शीर्षतालाई थप मजवुत बनाउने लक्ष्यमा हुनेछ । रियल १८ खेलबाट ४३ अंक जोडेर शीर्षस्थानमा रहेको छ ।

बिल्वाओ २४ अंक जोडेर १०औं स्थानमा छ । सिनियर ११ खेलाडीलाई चोट र कोरोना पुष्टि भएपछि बिल्वाओविरुद्ध प्रशिक्षक कार्लाे एन्सेलोटीले एकेडेमीका ७ खेलाडीलाई टोलीमा समेटेको छ ।

लस ब्लान्कोस सुरुवाती ११ मा कुनै समस्या नरहेपनि बेन्चका कारण समस्यामा पर्न सक्नेछन् । एकेडेमीका सातमध्ये दुई गोलरक्षक टोनी फुइडियास र डिएगो पिनेरो पहिलो रोजाईका थिवाउट कोर्टुवाको सारथी हुनेछन् । राफा मारिन, मिगुएल गुटेरेज, एन्टेनियो ब्लान्को, पिटर फेडरिको र सर्जियो एरिबास टोलीमा समेटिएका हुन् ।

मारिन – मिलिसाओ र नाचोको विकल्प

राफा मारिन सेन्टर ब्याक हुन् । इडर मिलिसाओ र नाचो फर्नान्डेसको विकल्पमा उनलाई टोलीमा समेटिएको हो । यि तीनै जना अनुपस्थित रहेमा जेसस भालेजो पनि विकल्पमा रहेको छ ।

मिगुएल र ब्लान्को – अलि बढी अनुभवी

लेफ्ट ब्याक मिगुएल गुटेरेज सिनियर टोलीका लागि अनुभवी नाम हो । उनले यो सिजन पनि रियलका लागि खेलिसकेका छन् । त्यसैले एन्सेलोटीलाई थाहा छ कि आवश्यक रहेमा उनलाई प्रयोग गर्न सकिन्छ । एन्टोनियो ब्लान्कोले पनि सिनियर टोलीमा स्थान बनाइसकेका छन् । अट्याकिङ मिडफिल्डर ब्लान्कोले क्यासमिरो र इडुआर्डाे कामाभिंगाको स्थानमा खेल्न सक्नेछन् ।

उत्साहित पिटर फेडरिको

१९ वर्षीय विंगर क्याडिजविरुद्धको खेलमा बेन्चमा रहेका थिए । प्रशंसकहरुले क्याडिजविरुद्ध पिटरले खेल्ने आँकलन गरेका थिए । बराबरीमा सकिएको खेलमा एन्सेलोटीले इडेन हाजार्डलाई नै रोज । सान मामेसमा उनले मौका पाउने सम्भावना छ । उसको ड्रिब्लिङ कौशल एथलेटिको बिल्वाओविरुद्धको बलियो रक्षापङ्तिका लागि उपयोगी सावित हुन सक्छ ।

एरिबास

२० वर्षीय एरिबास अट्याकिङ मिडफिल्डर हुन् । उनलाई क्लबमा सबैले सम्मान गर्दछ । प्रायः जिनेदिन जिदानले टोलीमा मौका पाएको उनले एन्सेलोटीको मन जित्न सकिरहेको छैन । यो कोभिडको संकटले उनले पहिलो टोलीमा ढोका खेल्न सक्नेछ ।

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

Success

Thank you for your time.