default_image

4 years ago

December 24, 2021

एनआरटी र एपिएफको रोमाञ्चक बराबरी

200 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– एपिएफ फुटबल क्लब र न्यूरोड टिम (एनआरटी) ले कतार एअरवेज सहिद स्मारक ए डिभजन लिगमा शुक्रबार रोमाञ्चक बराबरी खेलका छन् । दशरथ रंगशालामा भएको छैटौं चरणको पहिलो खेलमा एपिएफ र एनआरटीले ३–३ को बराबरी खेलेका हुन् ।

एपिएफका लागि आशिष लामा, दिपेश धिमाल र नवीन लामाले समान १ गोल गरे । एनआरटीका लागि दर्शन गुरुङले २ र अर्को गोल मेसुके ओलुमोईले गरे ।
खेलको ३२ औं मिनेटमा दर्शनको गोलबाट दर्शकको गोलबाट एनआरटीले अग्रता लिएको थियो । मेसुकेको क्रसमा अनमार्क रहेका दर्शन ले फ्रि हेडरमार्फत गोल गरेका थिए । त्यसको ५ मिनेटपछि नै आशिषले एपीएफलाई बराबरी गोल गरेका थिए । ३७ औं मिनेटको त्यो गोलमा आशिषले प्रदिप लामाको पासलाई सदुपयोग गरेका हुन् ।

खेलको ४८ औं मिनेटमा दर्शनले गोल गर्दै एनआरटीलाई पुनः अग्रता दिलाए । दर्शनले रञ्जन विष्टको पासमा बललाई पोष्टको दिशा दिदा एपिएफका गोलकिपरले बचाउने कुनै मौका पाएनन् । खेलको ६१ औं मिनेटमा मेसुकेले गोल गर्दै एनआरटीको ३–१ अग्रता फराकिलो पारे । मेसुकेको प्रहारलाई किपरले क्लियर गर्न नसक्दा एनआरटीले अग्रता फराकिलो पारेको हो ।

खेलको ६५ औं मिनेटमा कप्तान नविन लामाको फ्रिकिक प्रहार दिपेशले सहजै गोलमा परिणत गरेपछि एपिएफले खेलमा फर्कने प्रयास गरेको थियो । आशिषलाई एनआरटीका विक्रम धिमालले फाउल गरेपछि पाएको फ्रिकिकमा एपिएफले गोल गरेको थियो । खेलको ६९ औं मिनेटमा नविनले गोल गरेपछि खेलमा ३–३ को बराबरी भएको थियो । आशिषको क्रममा नविनले गोल गरेका थिए । बराबरीपछि एनआरटी ७ अंकसहित छैटौं स्थान र ५ अंकसिहत एपिएफ ११ औं स्थानमा उक्लेको छ ।


December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.