4 years ago
December 24, 2021
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल पुलिस क्लब र रेलिगेसन क्षेत्रमा रहेको फ्रेन्ड्स क्लबले गोलरहित बराबरी खेलेका छन् । दशरथ रंगशालामा शुक्रबार भएको छैटौं चरणको दोस्रो खेलमा गोलरहित बराबरी खेल्दै पुलिस र फ्रेन्ड्सले अंक बाँडेका हुन् ।

पाँचौं चरणमा दुवै टोलीले ३–० को हार बेहोरेका थिए । दशरथ रंगशालामा एपिएफले फ्रेन्ड्सलाई र पोखरामा मनाङ मस्र्याङ्दी क्लबले पुलिसलाई समान ३–१ ले हराएका थिए । अंक तालिकाको पुछारमा रहेको फ्रेन्ड्सको यो तेस्रो बराबरी हो । अन्य तीन खेलमा भने फ्रेन्ड्स पराजित भएको थियो । टोली अहिले पनि अंक तालिकाको पुछारमा यथावत रहेको छ ।
पुलिसको यो तेस्रो बराबरी हो । टोलीले १ खेलमा जित र २ खेलमा हार बेहोरेको थियो । पुलिस अंक तालिकाको आठौं स्थानमा छ ।
कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगमा शनिबार पहिलो खेल १:०० बजे हिमालयन शेर्पा क्लब र च्यासल युथ क्लब तथा दोस्रो खेल ४:४५ बजे मनाङ र मच्छिन्द्र युथा क्लबबीच हुनेछ ।

December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]