4 years ago
December 25, 2021
काठमाडौं (हाम्रो खेलकुद) – हिमालयल शेर्पा क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो हाफमा रेलिगेसन जोनमा रहेको च्यासल युथ क्लबविरुद्ध अग्रता लिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलको २५औं मिनेटमा मुताम्वा पिस्टोन भुनयोलीले गोल गर्दै शेर्पालाई पहिलो हाफमा १–० को अग्रता दिलाएका हुन् । क्रसमा आएको बललाई अभिषेक लिम्बुले क्लियर गर्न नसकेको बललाई मुताम्वाले नियन्त्रणमा लिदै गोलरक्षक अर्पण कार्कीलाई बिट गर्दै गोल गर्न सफल भएका थिए ।
त्यसअघि २२औं मिनेटमा त्रिदेव गुरुङको पेनाल्टी बक्स बाहिरको प्रहार फितलो बन्दा आकासियो । ३५औं मिनेटमा कर्ण लिम्वुले अवसर पाएपनि उनको प्रहार फितलो बन्दा दोस्रो बार च्याप्दै बाहिरियो । ४०औं मिनेटमा चेतन थारुको प्रहारलाई गोलरक्षक दीप कार्कीले पञ्च गर्दै बचाउँदा च्यासल बराबरीबाट चुक्यो ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]