4 years ago
December 25, 2021
काठमाडौं (हाम्रो खेलकुद) – हिमालयल शेर्पा क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा रेलिगेसन जोनमा रहेको च्यासल युथ क्लबलाई पराजित गरेको छ । शेर्पाले च्यासलमाथि ३–१ को सहज जित निकालेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा शेर्पाको जितमा मुताम्वा पिस्टोन भुनयोलीले दुई तथा सुरेश कुमालले एक गोल गरे । च्यासलका रुमेश बर्ताैलाले एक गोल फर्काए ।
२२औं मिनेटमा त्रिदेव गुरुङको पेनाल्टी बक्स बाहिरको प्रहार फितलो बन्दा आकासियो । २५औं मिनेटमा मुताम्वा पिस्टोन भुनयोलीले गोलगर्दै हिमालयन शेर्पालाई १–० को अग्रता दिलाए । क्रसमा आएको बललाई अभिषेक लिम्बुले क्लियर गर्न नसकेको बललाई मुताम्वाले नियन्त्रणमा लिदै गोलरक्षक अर्पण कार्कीलाई बिट गर्दै गोल गर्न सफल भएका थिए ।

३५औं मिनेटमा शेर्पाका कर्ण लिम्वुले अवसर पाएपनि उनको प्रहार फितलो बन्दा दोस्रो बार च्याप्दै बाहिरियो । ४०औं मिनेटमा चेतन थारुको प्रहारलाई गोलरक्षक दीप कार्कीले पञ्च गर्दै बचाउँदा च्यासल बराबरीबाट चुक्यो । ४७औं मिनेटमा मोउसा अवांगाको क्रस पासमा राजीव लोप्चनको पेनाल्टी बक्सबाहिरको प्रहार आकासियो ।
५६औं मिनेटमा मुताम्वाले गोल गर्दै शेर्पाको अग्रता दोब्बर पारे । सब्सिच्युट मिडफिल्डर मनिष थापाको क्रसलाई मुताम्वाले छातीले नियन्त्रणामा लिदै दिएको पासमा त्रिदेव गुरुङको भली प्रहारलाई गोलरक्षक अर्पणले नियन्त्रणमा लिन नसकेको बललाई मुताम्वाले जाली चुमाएका थिए ।
७१औं मिनेटमा कप्तान कमल श्रेष्ठको कर्नरमा अभिषेक लिम्वुको हेडर बाहिरिदा च्यासल गोल अन्तर कम गर्नबाट चुक्यो ।

७५औं मिनेटमा रुमेश बर्ताैलाले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । राजीव लोप्चनको पासमा अनमार्क रहेका रुमेशले भलीमार्फत गोल गर्दा गोलरक्षक दीप कार्कीले रोक्ने कुनै अवसर नै पाएन । ८०औं मिनेटमा सुरेश कुमालले गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याए । उनले मनिष थापाको पासलाई सदुपयोग गरेका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा शेर्पा विजयी हुन सफल भयो ।
शेर्पाको यो लगातार दोस्रो जित हो । यसअघि शेर्पाले ब्रिगेड ब्वाइज क्लब (बिबिसी) लाई ३–१ ले पराजित गरेको थियो । त्यसअघिको चार खेलमा शेर्पाले संकटा र पुलिससँग १–१ गोलको बराबरी खेल्दा मनाङसँग १–० र मछिन्द्रसँग ३–० को हार बेहोरेको थियो । च्यासलको यो चौथो हार हो । च्यासलले थ्री स्टार, आर्मी र जावलाखेलसँग हार बेहोरेको थियो । एपिएफलाई १–० ले पराजित गर्दा एनआरटीसँग १–१ गोलको बराबरी खेलेको थियो ।

जितपछि शेर्पा ६ खेलबाट ८ अंक जोडेर छैटौं स्थानमा उक्लिएको छ । समान ८ अंक भएपनि शेर्पा सातदोबाटोसँग गोलअन्तरमा पछि छ । पराजित च्यासल ६ खेलबाट ४ अंक जोडेर १३औं स्थानमा यथावत रहेको छ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]