4 years ago
December 25, 2021
काठमाडौं (हाम्रो खेलकुद) – कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा उपाधि दावेदार नेपाल आयल निगम मनाङ मस्र्याङ्दी क्लब र मछिन्द्र फुटबल क्लबले पहिलो हाफमा बराबरी खेलेका छन् ।

त्रिपुरेशवरस्थित दशरथ रंगशालामा भएको रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले केही अवसर सिजर्न गरेपनि सदुपयोग हुन नसक्दा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।
खेलको तेस्रो मिनेटमा एडिलाजा सोमिडेको ओभरहेड किक पोस्ट नजिकैबाट बाहिरियो । १५औं मिनेटमा कप्तान अन्जन विष्टको प्रहार पहिलो बार च्याप्दै बाहिरिदा मनाङ अग्रता लिनबाट चुक्यो । २५औं मिनेटमा विशाल राईको फ्रिकिकमा ओमोलाजा नुरेन करिमको प्रहार सदुपायेग हुन नसक्दा मछिन्द्रले अग्रता लिन सकेन ।

३९औं मिनेटमा नुर्लान नोभ्रुजोभले गोलको सुवर्ण मौका गुमाउँदा मछिन्द्र अग्रता लिनबाट चुसक्यो । डिफेन्डरले क्लियर गर्न नसकेको बललाई नुर्लानले गरेको प्रहार दोस्रो बार च्याप्दै पोस्टबाट थोरै बाहिरिएको थियो ।
आजको खेल दुवै टोलीलाई अंक तालिकाको शीर्षस्थान सँगै एएफसी कप छनोटको लागि पनि उत्तिकै महत्वपूर्ण छ । सातौं चरणको समाप्तिमा शीर्ष स्थानमा रहने टोलीले नेपालको प्रतिनिधित्व गर्दै एएफसी कप छनोट खेल्ने हुनाले पनि यो खेलको महत्व बढेको छ ।
हाल मनाङ ५ खेलमा १३ अंकसहित शीर्ष स्थानमा छ । त्यस्तै मछिन्द्रको ५ खेलमा ११ अंक छ । आज जित हासिल गर्ने टोलीले एएफसी कप छनोट खेल्न बलियो दाबेदारी प्रस्तुत हुनेछ ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]