4 years ago
December 25, 2021
काठमाडौं (हाम्रो खेलकुद)– कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगमा यसपटक दर्शकको रुची बढेको छ । दुई वर्ष अघि दर्शक तान्नका लागि पुरस्कारको समेत व्यवस्था गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसपटक व्यवस्थापनमा थोरै सुधार गर्दा पनि दर्शकमा लिग हेर्न दशरथ रंगशालामा आइरहेका छन् ।

मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र फुटबल क्लबबीच शनिबार भएको खेलमा जारी लिगका सर्वाधिक दर्शकको उपस्थित रहेको छ । एन्फाका अनुसार मनाङ र मछिन्द्रको खेल झण्डै १० हजार दर्शकले प्रत्यक्ष रुपमा दशरथ रंगशालामा पुगेर खेल हेरेका छन् । सुनिल बलले इन्ज्युरी समयमा गरेको गोलमा मनाङलाई १–० ले हराउँदै मछिन्द्र शीर्ष स्थानमा उक्लेको छ ।
एएफसी कप छनोटका लागि महत्वपूर्ण रहेको खेल भएका कारणले पनि त्यसमा दर्शकको सर्वाधिक उपस्थित रहेको आँकलन छ । मनाङले जित्न सकेको भए सातौं चरणको खेलअघि नै एएफसी कप छनोटमा पुग्ने थियो । मछिन्द्रको जितले भने अब सातौं चरणमा मात्र छनोट हुने टोलीको टुंगो लाग्नेछ ।

शीर्षस्थानको मछिन्द्रको १४, मनाङ १३ र एक खेल कम खेलेको त्रिभुवन आर्मी क्लबको ९ अंक छ । आर्मीले आइतबार थ्री स्टारलाई हराएको खण्डमा उसको १२ अंक पुग्नेछ । त्यसपछि सातौं चरणको खेल झनै रोचक हुने सम्भावना रहन्छ । यी शीर्ष ३ टोली र एपिएफ फुटबल क्लबले मात्र नेपालबाट एएफसीको क्लब च्याम्पियनसिपमा भाग लिन पाउछन् । क्लब लाइसेन्स प्राप्त नगर्ने टोलीले एएफसीको प्रतियोगिता खेल्न पाउँदैनन् ।
लिगमा उपाधिको दौड रोचक बन्दै जाँदा दर्शकको संख्या अझै बढ्ने सम्भावना देखिएको छ । शनिबार अघि एन्फाका अनुसार आर्मी र मछिन्द्रबीचको १४ औं खेल र हिमालयन शेर्पा क्लब र मछिन्द्रबीचको खेलमा पनि ४ हजार दर्शकले रंगशाला पुगेर खेल हेरेका थिए ।
लिग निर्देशक सञ्जिव मिश्रका अनुसार पहिलो खेलका पनि झण्डै आधा दर्शकले दोस्रो खेल पनि हरेका थिए । हिमालयन शेर्पा क्लबले च्यासल युथ क्लबलाई ३–१ ले हराएको खेलमा २२ सय दर्शक उपस्थित रहेको बताएको छ । ‘आज दर्शकको उपस्थिति अपेक्षा गरे अनुसार नै थियो’, मिश्रले भने, ‘क्लब, खेलाडी, परिषद्का कर्मचारी, क्लबका पदाधिकारी, भिआइपीलाई एन्फाले पासको व्यवस्था गरेको हुन्छ । त्यसबाहेक टिकट काटेरै दर्शकले फुटबल हेर्दै आएका छन् ।’

एन्फाले सजिलो पेलाई १ करोड रुपैयाँमा टिकट विक्रीको जिम्मेवारी सजिलो पेलाई दिएको थियो । लिगमा शनिबार ३९ औं खेल सकिएको छ । त्यसमा मनाङ र पुलिसबीचको एउटा खेल पोखरा रंगशालामा भएको थियो । बाँकी सबै खेल दशरथ रंगशालामा भएको थियो । अबका बाँकी ५२ खेलमध्ये २ खेल पोखरामा र बाँकी दशरथ रंगशालामा हुनेछ ।
फ्लड लाइडमा पहिलो पटक लिग, शुक्रबार देखि सोमबार सम्ममा लिग आयोजना गर्नाले पनि यसपटक दर्शक बढेको विश्वास गरिएको छ । कतिपयले सहभागी क्लबको स्तरमा धेरै अन्तर नभएकाले खेलहरु प्रतिस्पर्धात्मक हुने गरेकोले पनि दर्शकको रुची बढेको विश्वास गरिएको छ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]