9 years ago
November 22, 2016
हाम्रो खेलकुद – झापा जारि सुरुंगा गोल्डकप अन्तर्गत आज भएको खेलमा लक्ष्मी हुन्डाई मनाङ्ग मर्श्यन्ग्दी क्लबले सिएमजी क्लब संकटालाई १-०ले पराजित गरेको छ।

गत महिना चितवनमा भएको विकास रनिङ्ग शिल्डमा व्यहोरेको हारको बदला लिने क्रममा मनाङ्गका लागि विदेशी मुलका खेलाडी ओलावाले आफिजले एकमात्र गोल गरे। अधिकांश राष्ट्रिय खेलाडीले भरिएको मनाङको लागि तिन विदेशी खेलाडी पनि मैदानमा उत्रिएका थिए।
खेलको म्यान अफ द म्याच राष्ट्रिय टोलीका मिडफिल्डर हेमन गुरुङ घोषित भए। मनाङले अब सेमिफाइनलमा रुपन्देही एघारको सामना गर्नेछ। रुपन्देहीले क्वार्टरफाइनलमा त्रिभुवन आर्मी क्लबलाई २-१ले पराजित गरेको थियो।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहनस्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]
December 11, 2025
एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]