default_image

4 years ago

December 26, 2021

पहिलो हाफमा आर्मी र थ्री स्टार बराबर

167 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – उपाधि दावेदार विभागीय त्रिभुवन आर्मी फुटबल क्लब र रुस्लान थ्री स्टार क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगतको छैटौ चरणको खेलको पहिलो हाफमा बराबरी खेलेका छन् ।

प्रतिस्पर्धात्मक बनेको पहिलो हाफमा दुवै टोलीले गोलका केही अवसर खेर फाल्दा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलको १५औं मिनेटमा दिनेश हेन्जनको हेडर बाहिरियो । १७औं मिनेटमा आयुष घलानको प्रहार पहिलो बार च्याप्दै बाहिरिदा थ्री स्टार अग्रता लिनबाट चुक्यो ।

३६औं मिनेटमा सन्तोष तामाङको फ्रिकिकमा पदम बहादुर तामाङको प्रहार पोलमा लागेर फर्कदा र रिवाउन्डमा विकास तामाङको प्रहार आकासिदा आर्मी अग्रता लिनबाट चुक्यो ।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा दिनेश हेन्जनले वान भर्सेस वानको अवस्थामा पाएको मौकालाई प्रहार नगरी पास दिदा राफयल रिमगागोले क्लियर गर्दै थ्री स्टारको संकट टारे । लगत्तै कर्नरबाट आएको बलमा जगजित श्रेष्ठको प्रहार दोस्रो बार च्याप्दै बाहिरियो ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.