4 years ago
December 26, 2021
काठमाडौं (हाम्रो खेलकुद) – रुस्लान थ्री स्टार क्लबसँग बराबरीमा रोकिएसँगै विभागीय त्रिभुवन आर्मी फुटबल क्लबको एएफसी कप छनोट खेल्ने सम्भावना सकिएको छ । आइतबार भएको खेलमा आर्मीले थ्री स्टारसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेपछि आर्मीको सम्भावना सकिएको हो ।

अब छनोटको दौडमा मछिन्द्र र मनाङमात्रै रहेका छन् । एएफसी कपको छनोट खेल्ने सम्भावनालाई जीवित राख्न कम्तीमा थ्री स्टारविरुद्ध आर्मीलाई जितको खाँचो थियो । तर, आर्मीले नतिजा आफ्नो अनुकुल निकाल्न सकेन । अब सातौ चरणमा मनाङले बिबिसीसँग पोखरामा तथा मछिन्द्रले पुलिससँग काठमाडौंमा खेल्नेछ ।
गत सिजन च्याम्पियन भएको मछिन्द्रको एएफसी क्लब लाइसेन्स नभएपछि दोस्रो भएको आर्मीले एएफसी कप खेल्ने मौका पाएको थियो । आर्मीले दोस्रो चरणको यात्रा तय गरेको थियो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले गोलका केही अवसर खेर फाल्दा खेल गोलरहित बराबरीमा सकिएको हो । खेलको १५औं मिनेटमा दिनेश हेन्जनको हेडर बाहिरियो । १७औं मिनेटमा आयुष घलानको प्रहार पहिलो बार च्याप्दै बाहिरिदा थ्री स्टार अग्रता लिनबाट चुक्यो ।
३६औं मिनेटमा सन्तोष तामाङको फ्रिकिकमा पदम बहादुर तामाङको प्रहार पोलमा लागेर फर्कदा र रिवाउन्डमा विकास तामाङको प्रहार आकासिदा आर्मी अग्रता लिनबाट चुक्यो । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा दिनेश हेन्जनले वान भर्सेस वानको अवस्थामा पाएको मौकालाई प्रहार नगरी पास दिदा राफयल रिमगागोले क्लियर गर्दै थ्री स्टारको संकट टारे । लगत्तै कर्नरबाट आएको बलमा जगजित श्रेष्ठको प्रहार दोस्रो बार च्याप्दै बाहिरियो ।
८३औं मिनेटमा टेक बहादुर बुढाथोकीले फ्रि हेडर आकासिदा आर्मी अग्रता लिन बाट चुक्यो । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा सुसान श्रेष्ठको क्रसमा डोना थापाको प्रहारलाई डिफेन्डरले ब्लक गरे । रिवाउन्डमा रितिक कुमार खड्का र कप्तान विक्रम लामा जुध्न पुग्न मिक्चेन तामाङको प्रहार बाहिरियो । त्यसपछि थप गोल निस्कन नसक्दा खेल गोलरहित बराबरीमा टुंगियो ।
यो बराबरीसँगै अपराजित रहेको आर्मी ६ खेलबाट १० अंक जोडेर चौथो स्थानमा झरेको छ । आइतबार संकटाले बिबिसीलाई ३–० ले पराजित गर्दै तेस्रो स्थानमा उक्लन सफल भएको थियो । चौथो बराबरी खेलेको थ्री स्टारको ६ खेलबाट ७ अंक जोडेर सातौ स्थानमा उक्लिएको छ । थ्री स्टारले एनआरटीलाई गोल अन्तरमा पछि पारेको हो । शीर्षस्थानको मछिन्द्रको १४, मनाङको १३ तथा संकटाको १२ अंक छ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]