4 years ago
December 27, 2021
काठमाडौं (हाम्रो खेलकुद)– कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगको छैटौं चरणको अन्तिम खेलमा सोमबार दुई छिमेकी सातदोबाटो युथ क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुँदैछ । दशरथ रंगशालामा हुने खेल दिउँसो १ः०० बजे सुरु हुनेछ ।

रेलिगेसन क्षेत्रबाट एक स्थान माथि रहेको जावलाखेल अंक तालिकामा थप सुधारका लागि प्रयासरत रहँदा सातदोबाटो भने तेस्रो खेलमा पहिलो जितका लागि संघर्ष गर्नेछ । जावलाखेलले पाँचौं चरणको खेलमा पहिलो जित दर्ता गराएर आफूलाई रेलिगेसन क्षेत्रबाट बाहिर निकालेको थियो । यद्दपी टोलीमाथि दबाब भने यथावत छ । च्यासल युथ क्लबलाई १–० ले हराएको खेलमा जावालखेलले जारी लिगमा पहिलो गोल गरेको थियो ।
नवप्रवेशी सातदोबाटोको प्रदर्शन भने सन्तोषजना रहँदै आएको छ । पछिल्ला ५ खेलमा टोलीले २ जित, २ बराबर र १ हारका साथ ८ अंक जोडेको छ । टोली पाँचौं स्थानमा रहेको छ । पछिल्ला दुई खेलमा एनआरटीसँग १–० ले पराजित सातदोबाटोले आर्मीसँग १–१ को बराबरी खेलेको थियो । ५ अंकसहित जावलाखेल अंकतालिकाको १२ औं स्थानमा छ ।
छैटौं चरणको समाप्ती हुँदै गर्दा मछिन्द्र फुटबल क्लब १४ अंकसहित शीर्षस्थानमा रहेको छ । मनाङ मस्र्याङ्दी क्लबलाई शनिबार १–० ले हराउँदै मछिन्द्र शीर्षस्थानमा उक्लेको हो । अब एएफसी कप छनोटको दौडमा शीर्ष स्थानको मछिन्द्र र ११ अंकसहित दोस्रो स्थानमा रहेको मनाङ मात्र रहेका छन् ।
आइतबार थ्री स्टार क्लबसँग गोलरहित बराबरीमा रोकिएसँगै त्रिभुवन आर्मी फुटबल क्लबको एएफसी कप छनोट खेल्ने सम्भावना समाप्त भएको थियो । आइतबार नै ब्रिगेड ब्वाइज क्लबलाई ३–० ले हराउँदै संकटा १२ अंकका साथ अंक तालिकाको तेस्रो स्थानमा उक्लेको छ । छैटौं चरणका अन्य खेलमा हिमालयन शेर्पा क्लबले च्यासललाई ३–१ ले हरायो, एपिएफ फुटबल क्लब र न्यूरोड टिम एनआरटीले ३–३ को बराबरी तथा नेपाल पुलिस क्लब र फ्रेन्ड्स क्लबले गोलरहित बराबरी खेलेका थिए ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]