default_image

4 years ago

December 27, 2021

पहिलो हाफ -सातदोबाटो र जावलाखेलको बराबरी

166 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – दुई छिमेकी सातदोबाटो युथ क्लब र जावलाखेल युथ क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा अन्तरगतको छैटौ चरणको खेलका पहिलो हाफमा बराबरी खेलेका छन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो ।

त्रिपुरेश्वरस्थित दशरश रंगशालामा सोमबार भएको खेलमा बल पोसेसनमा पकड बनाएपनि सातदोबाटोले जावलाखेलको बलियो रक्षापङ्ति तोड्न सकेको छैन ।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो ओनगुना जुनियरको हेडरलाई गोलरक्षक अभिषेक बरालले बचाउँदा जावलाखेल अग्रता लिनबाट चुक्यो ।

रेलिगेसन क्षेत्रबाट एक स्थान माथि रहेको जावलाखेल अंक तालिकामा थप सुधारका लागि प्रयासरत रहँदा सातदोबाटो भने तेस्रो खेलमा पहिलो जितका लागि संघर्ष गर्नेछ । जावलाखेलले पाँचौं चरणको खेलमा पहिलो जित दर्ता गराएर आफूलाई रेलिगेसन क्षेत्रबाट बाहिर निकालेको थियो । यद्दपी टोलीमाथि दबाब भने यथावत छ । च्यासल युथ क्लबलाई १–० ले हराएको खेलमा जावालखेलले जारी लिगमा पहिलो गोल गरेको थियो ।

नवप्रवेशी सातदोबाटोको प्रदर्शन भने सन्तोषजना रहँदै आएको छ । पछिल्ला ५ खेलमा टोलीले २ जित, २ बराबर र १ हारका साथ ८ अंक जोडेको छ । टोली पाँचौं स्थानमा रहेको छ । पछिल्ला दुई खेलमा एनआरटीसँग १–० ले पराजित सातदोबाटोले आर्मीसँग १–१ को बराबरी खेलेको थियो । ५ अंकसहित जावलाखेल अंकतालिकाको १२ औं स्थानमा छ ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.