default_image

4 years ago

December 27, 2021

सातदोबाटोमाथि जावलाखेलको सहज जित

262 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – जावलाखेल युथ क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा लगातार दोस्रो जित दर्ता गर्दा छिमेकी सातदोबाटो युथ क्लबलाई पराजित गरेको छ । जावलाखेलले सातदोबाटोलाई २–० ले पराजित गरेको हो ।

जावलाखेलको जितमा विपिन कडेल र र निकोलस फर्नान्डेसले गोल गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । त्रिपुरेश्वरस्थित दशरश रंगशालामा सोमबार भएको खेलमा पहिलो हाफमा सातदोबाटोसँग दवावमा खेलेको जावलाखेलले दोस्रो हाफमा सुढृड खेल पस्कदै गोल गर्न सफल भएको थियो । सातदोबाटोले दोस्रो हाफमा आफ्नो लय गुमाउँदा खेल पनि गुमाउन पुग्यो ।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो ओनगुना गुनियरको हेडरलाई गोलरक्षक अभिषेक बरालले बचाउँदा जावलाखेल अग्रता लिनबाट चुक्यो । ५०औं मिनेटमा सब्सिच्युट मिडफिल्डर विपिन कँडेलले गोल गर्दै जावलाखेललाई १–० को अग्रता दिलाए ।

ओनगुना जुनियरको क्रसलाई पासाङ लामाले क्लियर गर्न नसकेको बललाई विपिनले नियन्त्रणमा लिदै जाली चुमाएका थिए । विपिन ४६औं मिनेटमा सुरज ज्यु ठकुरीको स्थानमा मैदान छिरेका थिए । मैदान छिरेको पाँचौ मिनेटमा विपिनले गोल गर्न सफल भएका हुन् ।

७०औ मिनेटमा रुप बहादुर लामाको प्रहारलाई गोलरक्षक अभिषेक बरालले पञ्च गर्दै बचाए । लगत्तै सोही मिनेटमा निकोलस फर्नान्डेसले गोल गर्दै जावलाखेलको अग्रता दोब्बर पारे । उनले पेनाल्टी बक्सबाहिरबाट गरेको प्रहार गोलरक्षक अभिषेक बरालले ठम्याएपनि बचाउन सकेन । ७६औं मिनेटमा ओनगुना जुनियरको प्रहार पोलमा लागेर फर्कदा जावलाखेलले अग्रता बढाउन सकेन । त्यसपछि थप गोल निस्कन नसक्दा खेल जावलाखेलले आफ्नो पक्षमा पार्न सफल भयो ।

जावलाखेलको यो लगातार दोस्रो जित हो । यसअघि जावलाखेलले पाँचौ चरणमा च्यासललाई १–० ले पराजित गरेको थियो । त्यसअघि मनाङ र पुलिससँग समान १–० ले पराजित जावलाखेलले मछिन्द्रसँग २–० को हार बेहोरेको थियो । बिबिसीसँग गोलरहित बराबरी खेल्दै जावलाखेलले लिगमा अंकको खाता खोलेको थियो ।

सातदोबाटोको यो दोस्रो हार हो । यसअघि सातदोबाटोले एनआरटीसँग १–० को हार बेहोरेको थियो । फ्रेन्ड्ससँग गोलरहित बराबरी खेलेको सातदोबाटोले थ्री स्टारलाई १–० ले पराजित गरेको थियो । एपिएफलाई ४–१ ले पराजित गरेको सातदोबाटो एनआरटीसँग १–० ले पराजित हुँदा आर्मीसँग १–१ गोलको बराबरी खेलेको थियो ।

लिगमा दोस्रो जित निकालेको जावलाखेल ६ खेलबाट ७ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ । समान ७ अंक नै रहेपनि थ्री स्टार सातौ र एनआरटी आठौं स्थानमा रहेको छ । पराजित सातदोबाटो ६ खेलबाट ८ अंक जोडेर पाँचौ स्थानमा यथावत रहेको छ ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.