default_image

4 years ago

December 27, 2021

‘जितेपछि म हिरो नै हो नी’ – जावलाखेल प्रशिक्षक केसी

281 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगको छैटौं चरणको समाप्तीमा आइपुग्दा जावलाखेल युथ क्लबका प्रशिक्षक किशोर केसी खुसीमात्र होइन आत्मविश्वासी पनि देखिएका छन् ।

सुरुवाती ३ खेलमा लगातारको हारबाट निराश रहने गरेका केसीको टोलीले पछिल्लो ३ खेलमा ७ अंक जोडेपछि उनीमा बेग्लै जोश र उत्साह देखिएको छ । लिगमा लगातार दोस्रो जित निकाल्ने क्रममा जावलाखेलले सातदोबाटो युथ क्लबलाई २–० ले हराउँदै अंकतालिकाको ११ औंबाट नवौं स्थानमा उक्लेको छ । दोस्रो हाफमा विपिन कँडेल र निकोलस फर्नान्डेसले गोल गरेपछि जावलाखेल लिगमा दोस्रो जित निकाल्न सफल भएको थियो । सुरुका ३ खेलमा हार बेहोरेको जावालखेलले चौथोमा बराबरी तथा पाँचौं र छैटौं खेलमा जित निकालेको छ ।

प्रशिक्षक केसीले खेलपछि विपिनको खुलेर प्रशंसा गर्दै उनलाई आफ्नो कमाण्डोको संज्ञा दिए । राष्ट्रिय टोलीका खेलाडी समेत रहेका सुरजज्यू ठकुरीको सट्टा केसीले दोस्रो हाफमा विपिनलाई मौका दिएका थिए । उनै विपिनले ५० औं मिनेटमा जावलाखेलका लागि पहिलो गोल गरेका थिए । ओनगुना जुनियरको क्रसलाई पासाङ लामाले क्लियर गर्न नसकेको बललाई विपिनले नियन्त्रणमा लिदै गोल गरेका थिए ।

‘राष्ट्रिय खेलाडीलाई परिवर्तन गरे । त्यो आँट लिए । कमाण्डो (विपिन) पठाएँ’, जावालखेका प्रशिक्षक केसीले भने, ‘उसले सहि काम गर्दियो । विपिनले के के गर्यो । कस्तो खेल्यो तपाईहरुले पनि देख्नु भयो होला । देशलाई चाहिने खेलाडी हो । जजमेन्ट राइट भयो । आज जितेपछि म त हिरो नै हो नी ।’

सुरज ज्यूको प्रदर्शनको उनले दोहोराएर आलोचना गरेका छन् । ‘सुरजले जनता झुक्याउने खेल खेल्दिन्छ । तपाईहरुलाई पनि झुक्याउन सक्छ’, केसीले थपे,‘ नबुझ्ने कोच भए खत्तम बनाउँछ । टेक्निकल गेम खेल्न सक्नुपर्छ । झुक्याउने खेल खेल्न भएन । त्यसैले मैले चेन्ज गरेको हुँ । मलाई पनि माया लाग्छ । कोच आएर हेर्ने खेल होला । निकाल्दा मलाई नि राम्रो लागेको छैन । तर उसलाई ननिकाल्दा सम्म गोल निस्कदैन त के गरौं ।’

केसीले जितमा टोलीका खेलाडीलाई पनि धन्यवाद दिए । ‘राम्रो खेल्यौं । अझै पनि बल पोलमा लागिरहेको छ । यसले छाडेको छैन’, हाँस्दै केसीले भने, ‘टेबलमा पनि माथि सरेको छ खुसी छु ।’

उनले सातदोबाटोसँगको प्रतिस्पर्धालाई दाजु भाईको लडाईको संज्ञा पनि दिए । सातदोबाटोका प्रशिक्षक मेघराज केसी हुन् । ‘सातदोबाटोलाई अण्डरडग भन्ने गरिएको छ । सबैलाई उसले राम्रो फाइट दिएको टिम हो । दाजुभाईको लडाईं हो, हामी केसी केसी हो,’ उनले अगाडि भने, ‘हामी दुवैको पोलेसी फेयर खेल्ने हो । त्यसमा विश्वास गरेरर अघि बढ्ने हो । त्यो चुनौती सातदोबाटोले दिएको थियो ।’

सातदोबाटोका प्रशिक्षक केसीले भने अघिल्ला खेलहरुमा देखाएको स्तरलाई आफ्नो टोलीले निरन्तरता दिन नसकेको बताए । ‘आज अपरिपक्क टोलीको जस्तो प्रदर्शन भयो । अघिल्ला खेलहरुको प्रदर्शनलाई निरन्तरता दिन नसक्दा हार बेहोर्नुपर्यो, उनले भने,‘ नेपाल फुटबलमा एकै स्तरको प्रदर्शन हुँदैन । हामीले त्यसलाई एकै नासको बनाउनुपर्ने हुन्छ ।’

उनले खेलाडीहरु बढी आत्मविश्वासी भएको पनि हुन सक्ने आँकलन गरे । ‘आफूभन्दा तल रहेको टोलीसँग खेल्ने हो भनेर सकि हाल्छौं भन्ने भएको हुन सक्छ’, उनले भने, ‘खेल भन्दा अघि नै बढी कन्फिडेन्स आएको पनि हुन सक्छ । हामीले त्यसमा सुधार गर्न आवश्यक छ ।’

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.