9 years ago
November 23, 2016
हाम्रो खेलकुद – युइएफा च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राती भएको बोरुसिया डर्टमण्ड र लेजिया वार्सा बिचको खेलमा एक दर्जन गोल भएको छ।

बोरुसिया डर्टमण्डले ८-४ले लेजियालाई हराउँदा सो गोल सम्भव भएको थियो। खेलको १०औं मिनेटमा लेजियाले अग्रता लिएपछि सुरु भएको गोलवर्षा ९०औं मिनेटसम्म जारी रह्यो।
डर्टमण्डका लागि शिंजी कागावा र मार्को रेउसले दुइ-दुइ गोल गरे भने नुरी सहिन, ओस्मान देम्बेले र फेलिक्स पासालाकले पनि एक एक गोल थपे। याकुब रेज्निजकले एक आत्मघाती गोल गरेका थिए। लेजियाका लागि एलेक्जेन्डर प्रिजोविचले दुइ तथा मिचेल कुचार्जिक र नेमन्या निकोलिचले एक-एक गोल गरे।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहनस्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]
December 11, 2025
एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]