4 years ago
December 28, 2021
काठमाडौं (हाम्रो खेलकुद)– मछिन्द्र फुटबल क्लबका फरवार्ड रेजिन सुब्बा उपचारका लागि व्यक्तिगत खर्चमा कतार पुगेका छन् ।

कोरोना महामारी र त्यसपछिको चोटका कारण झण्डै २ वर्षदेखि मैदान बाहिर रहेका रेजिनको दायाँ कुर्कुच्चाको चोट पूर्ण रुपमा ठीक नभएपछि उनी उपचारका लागि कतारस्थित विश्वप्रसिद्ध अस्पेटार अस्पताल पुगेका हुन् । त्यो त्यहि अस्पताल हो जहाँ अहिले पनि राष्ट्रिय महिला टोलीकी फरवार्ड सावित्रा भण्डारी उपचार गराइरहेकी छिन् । थ्री स्टार क्लबका कप्तान विक्रम लामा र विमल घर्तीमगर उपचार गराएर फर्केर अहिले सहिद स्मारक ए डिभिजन लिग खेलिरहेका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को पहलमा उपचारका लागि छ सात महिना कुर्नुपर्ने भएपछि तत्काल मैदान फर्कन सकिन्छ कि भन्ने उद्देश्यका साथ उपचारका लागि कतार गएको रेजिनको व्यवस्थापकिय जिम्मेवारी समेत निर्वाह गरिरहेका नातेदार अर्जुन कार्कीले जानकारी दिए ।
एन्फा महासचिव इन्द्रमान तुलाधरका अनुसार रेजिनको उपचारका लागि एन्फाले सक्दो सहयोग गरेको छ । ‘हामीले वार्षिक २ खेलाडी उपचार गराउन पठाउने हो । अब यस वर्ष त्यो कोटा छैन । त्यहाँ नै एन्फाबाट उपचार गराउन ६-७ महिना कुर्नुपर्ने अवस्था छ,’ तुलाधरले भने, ‘उनले आफैं जाने भनेपछि आवश्यक कागजात प्रदान गरेका छौं । भिसा प्रक्रियामा आवश्यक सहयोग गरेका छौं ।’

गत साता कतार पुगेका रेजिनले ७ दिन क्वारेन्टिनमा बिताएपछि सोमबार एमआरआई गराएका छन् । एमआरआईबाट उनको कुर्कुच्चाको सफ्ट टिस्यूमा चोट देखिएको र त्यसकै कारण दुःखाई भएको डाक्टरहरुले बताएको कार्कीले जानकारी दिए । राष्ट्रिय यू २३ को प्रशिक्षणका दौरान रेजिनको घुँडामा चोट लागेको थियो ।
परिक्षण पछि उनलाई ग्राउन्ड रिह्याब गराउनुपर्ने डाक्टरहरुको सल्लाह दिएको जनाउँदै कार्कीले भने, ‘अब केहि दिनमा ग्राउन्ड रिह्याब सुरु हुन्छ । उनको चोटमा कसरी सुधार हुन्छ । उसको शरीररले त्यसलाई कसरी रेस्पोन्स गर्छ । त्यहि आधारमा चोट निको हुने बताइएको छ । जसले हामीलाई उत्साहित पनि बनाएको छ । अहिले प्रारम्भिक चरणमा २ देखि ३ साता सम्म लाग्न सक्ने अनुमान गरिएको छ ।’
१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जित्दाको पुरस्कार रकम, अन्य पुरस्कार, पारिश्रमिक र अन्य सञ्चित रकमबाट उपचार गराउनका लागि रेजिन कतार पुगेको पनि कार्कीले बताए ।
‘राम्रो खेलाडी लामो समय मैदान बाहिर बस्दा निराश पनि हुन्छ, एन्फाका पनि आफ्ना कठिनाई होला’, उनले भने, ‘हामी उनलाई छिटो भन्दा छिटो मैदानमा फर्काउन चाहन्छौं । त्यसैले हामीले आफ्नै खर्चमा भएपनि उचार गर्नुपर्छ भन्ने निधोमा पुगेका हौं । सात आठ लाख रुपैयाँ खर्च हुने अनुमान गरेका छौं ।’
रेजिनको उपचारका लागि मछिन्द्रका व्यवस्थापनदेखि खेलाडी सबैको सकारात्मक सहयोग रहेको पनि कार्कीले जानकारी दिए । ‘क्लबबाट एकदमै साथ पाएकोले पनि रेजिन हौसिएका हुन्, आशा गरौं चाँडै निको भएर फर्कनेछन् ।’
रेजिनले पनि लिगका अन्तिम चरणका केहि खेल खेल्न सकिन्छ कि भन्ने आशा गरेका छन् ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]