4 years ago
December 29, 2021
काठमाडौं (हाम्रो खेलकुद)– कतार एअरेवज सहिद स्मारक ए डिभिजन लिगको छैटौं चरणमा मुख्यतः एक नतिजालाई स्मरण गरिनेछ । एएफसी कप छनोटका लागि महत्त्वपूर्ण मानिएको मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र फुटबल क्लबको शनिबारको खेल नतिजाका हिसाबले मात्र होइन दर्शकका कारण पनि स्मरणीय रह्यो ।

जारी लिगमा सर्वाधिक झण्डै १० हजार दर्शकले दशरथ रंगशाला पुगेर मछिन्द्र र मनाङको खेल हेरेका थिए । इन्ज्युरी समयमा सुनिल बलले फ्रिकिकमा गरेको गोलमा मछिन्द्रले मनाङलाई १–० ले हराएको थियो । त्यो जित एएफसी कप छनोटको निर्णयका लागि सातौं चरणको नतिजा कुनुपर्ने भयो । मनाङले त्यो खेल जितेको भए सातौं चरणको नतिजा कुनुपर्ने थिएन । तर मछिन्द्रले त्यो महत्वपूर्ण खेल जित्दै मनाङलाई १ अंकले पछाडि पारेको छ ।
क्लब लाइसेन्स प्राप्त ४ नेपाली टोलीले मात्र एएफसी कप छनोटमा प्रतिस्पर्धा गर्न पाउने प्रावधान छ । जसमा मनाङ,मछिन्द्र, त्रिभुवन आर्मी फुटबल क्लब र एपिएफ फुटबल क्लब छन् । एपिएफ पहिला नै छनोटको दौडबाट बाहिरिएको थियो भने छैटौं चरणको नतिजा पछि आर्मी पनि त्यसबाट बाहिरिएको छ । अब मछिन्द्र र मनाङ मात्र दौडमा छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) को अनुरोधमा सातौं चरणको समाप्तीमा अंक तालिकाको माथि रहने लाइसेन्स प्राप्त टोलीको नाम पठाउने शर्तमा एएफसी छनोटमा समावेश हुने भएको छ । छैटौं चरणमा थ्री स्टारसँग गोलरहित बराबरीमा रोकिएसँगै आर्मीको छनोट सम्भावना टुंगिएको हो ।
छैटौं चरणमा अर्को महत्वपूर्ण जित जावलाखेल युथ क्लबले निकालेको थियो । नवप्रवेशी सातदोबाटो युथ क्लबलाई टोलीले २–० ले हराएको थियो । सुरुका ३ खेलमा सबै हारेको जावलाखेलले पछिल्ला ३ खेलमा ७ अंक जोड्दै रेलिगेसन क्षेत्रबाट निकै माथि उठिसकेको छ ।

छैटौं चरणका अन्य खेलमा थ्री स्टार र आर्मी जस्तै पुलिस र फ्रेन्ड्सले पनि गोलरहित बराबरी खेले । हिमालयन शेर्पासँग ३–० ले पराजित भएपछि च्यासल युथ क्लबमाथि रेलिगेसन खतरा बढेको छ । फ्रेन्ड्स यसअघिबाट अंक तालिकाको पुछारमा रहेर रेलिगेसन दबाब खेपिरहेको छ । एपिएफ र एनआरटीले ३–३ को बराबरी खेले भने अर्को खेलमा संकटाले ब्रिगेड ब्वाइज क्लबलाई ३–० ले हरायो ।
छैटौ चरणमा जम्मा १६ गोल सम्भव भए । अहिले सम्म लिगका ४२ खेलमा ८१ गोल भएको छ । ८१ मध्ये पहिलो हाफमा ३३ र दोस्रो हाफमा ४४ गोल भएको छ । जसमा २६ खेलमा जित हार भएको छ । १६ खेल बराबरीमा टुंगिदा समान ८ खेलमा गोलसहित र गोलरहित बराबरी भएका थिए । सातदोबाटोको अजयी मार्टिनले एपिएफविरुद्ध ह्याट्रिक गरेयता अन्य खेलाडीले ह्याट्रिक गर्न सकेका छैनन् । अहिले सम्म १ सय २६ पहेलो कार्ड र एउटा रातो प्रयोग भएको छ ।
सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७८
जम्मा खेलः ४२
जम्मा गोल – ८१
२६ जितको नतिजा
१६ बराबरीको नतिजा [८ खेल गोलरहित, ८ खेल गोलसहित]
ह्याट्रिक – १ [अजायी मार्टिन्स (सातदोबाटो) एपीएफविरुद्ध]
आत्मघाती गोल – २ [करण रावत (सातदोबाटो) एपीएफविरुद्ध, सिमन्त थापा (जावलाखेल) मच्छिन्द्रविरुद्ध]
पहिलो हाफमा गोल – ३३ गोल
दोस्रो हाफमा गोल – ४८ गोल
पहेंलो कार्डः १२६
रातो कार्ड – १ [रोनेल एन्थोनी पउल (फ्रेन्ड्स) सातदोबाटोविरुद्ध (दोहोरो पँहेलो कार्ड)]
पेनाल्टीमा गोल – २ [सुमन लामा (मनाङविरुद्ध), प्रिजेन तामाङ – एपिएफविरुद्ध)]
पेनाल्टी मिस – १ [विकास मेराग्लिया (थ्री स्टारविरुद्ध)]
सर्वाधिक गोलकर्ता
१. अजायी मार्टिन्स – ३+१
२. आशिष लामा (एपिएफ) – १+२+१+
३. सुनिल बल – २+१+१+
४. निरज बस्नेत – १+१+१+
५. सुमन लामा – १+१+१+
६. रुमेश बर्ताैला (च्यासल) – १+१+१+
७. मुताम्वा पिस्टोन (शेर्पा) – १+२+
८. उत्तम राई (संकटा) – १+२+
९. अन्जन विष्ट – २+
१०. रुमेश बर्ताैला – १+१+
११. ओलावाले अफिज – १+१+
१२. दिनेश राजवंशी – १+१+
१३. दिनेश राई – २+
१४. दर्शन गुरुङ (एनआरटी) – २+
१५. सुरेश कुमाल (शेर्पा) – १+१+
१६. विकी तामाङ (एपिएफ) – १+१+
१७. लक्ष्मण रुचाल (संकटा) – १+१+
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]