4 years ago
December 31, 2021
काठमाडौं (हाम्रो खेलकुद)– दुई विभागिय टोलीले एकअर्काको सामना गर्दा कतार एअरवेज सहिद स्मारक ए डिभजिन लिगमा शुक्रबार सातौं चरणको सुरुवात हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ः०० बजे एपिएफ फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।
दुई विभागिय टोलीको अवस्था फरक छ। आर्मी शीर्षस्थानका लागि प्रयासरत रहँदा एपिएफ भने पुनः रेलिगेसन दबाबमा नपर्नका लागि सचेत छ । एएफसी कप छनोटबाट बाहिरिसकेको आर्मीको अबको लक्ष्य भनेको उपाधि जित्नेमा मात्र केन्द्रित छ ।
६ खेलमा टोली अपराजित रहँदै आर्मीले १० अंक जोडेको छ । २ खेल मात्र जितेको टोलीले ४ खेलमा भने बराबरी खेलेको थियो । लिगमा अपराजित ३ टोलीमध्ये एक आर्मी हो । शीर्षस्थानको मछिन्द्र फुटबल क्लब (१४ अंक) , तेस्रो स्थानको संकटा क्लब (१२ अंक) पनि छैटौं चरणको समाप्तीम सम्ममा अपराजित छ ।
दोस्रो स्थानको मनाङ (१३ अंक) भने छैटौं चरणको खेलमा मछिन्द्रसँग १–० ले पराजित भएको थियो । अर्कोतर्फ सुरुवाती ३ खेलमा पराजित एपिएफ पछिल्ला ३ खेलमा अपराजित रहेको छ । टोलीले ३ खेलमा २ बराबरी र १ जितका साथ ५ अंक जोडेको छ । एनआरटीसँग बराबरी खेल्नुअघि टोलीले फ्रेन्ड्स क्लबलाई ३–१ ले पराजित गरेको थियो ।
शुक्रबार ४ः४५ बजे फ्रेन्ड्स क्लब र एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । फ्रेन्ड्स ३ अंकका साथ अंकतालिकाको पुछारमा छ । एनआरटी ७ अंकसहित आठौं स्थानमा छ ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]