default_image

4 years ago

December 31, 2021

अग्रता जोगाउन नसक्दा आर्मी रोकियो

213 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सुरुवाती अग्रता जोगाउन नसक्दा विभागीय त्रिभुवन आर्मी क्लबले अर्काे विभागीय टोली नेपाल एपिएफ फुटबल क्लबसँग बराबरीमा रोकिएको छ । कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आर्मी र एपिएफले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा आर्मीका लागि जर्जप्रिन्स कार्कीले गोल गर्दा एपिएफका विक्की तामाङले गोल फर्काए । खेलको दोस्रो मिनेटमा नविन लामाको फ्रिकिकलाई गोलरक्षक विकेश कुथुले सहजै बचाए । पाचौ मिनेटमा जर्जप्रिन्स कार्कीको पेनाल्टी बक्स बाहिरको प्रहारलाई एपिएफका गोलरक्षक युया कुरियामाले दोस्रो प्रयासमा नियन्त्रणामा लिदा आर्मी अग्रता लिनबाट चुक्यो ।

नवौं मिनेटमा कप्तान भरत खवासको पेनाल्टी बक्स बाहिरको प्रहारलाई गोलरक्षक युयाले पञ्च गर्दै बचाए । १३औं मिनेटमा जगजित श्रेष्ठको क्रस पासमा जर्जप्रिन्स कार्कीले नियन्त्रणा लिदै गरेको प्रहारलाई सविन थापाले क्लियर गर्दै एपिएफको संकट टारे । २०औं मिनेटमा जगजित श्रेष्ठको कर्नरका जर्जप्रिन्स कार्कीको डाइभिङ हेडर दोस्रो बार च्याप्दै बाहिरिदा आर्मी अग्रता लिनबाट चुक्यो ।

३८औं मिनेटमा आशिष लामाको वान भर्सेस वानको प्रहार गोलरक्षक विकेशलाई लाग्दै पोस्टतर्फ अघि बढ्दा युद्ध शाहीले बचाए । ५८औं मिनेटमा नविन लामाको प्रहारलाई गोलरक्षक विकेशले पञ्च गर्दै बचाए । ६३औं मिनेटमा जर्ज प्रिन्स कार्कीले गोल गर्दै आर्मीलाई १–० को अग्रता दिलाए । दिनेश हेन्जनको पासमा जर्ज प्रिन्सले ५ डिफेन्डरबीचबाट गरेको प्रहार डिफेन्डर राजन गुरुङलाई लाग्दै गोलमा परिणत हुँदा गोलरक्षक युयाले बचाउन सकेनन् ।

६६औं मिनेटमा विक्की तामाङले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । नविन लामाको प्रहारलाई गोलरक्षक विकेथले नियन्त्रणमा लिन नसकेको बललाई विक्कीले जाली चुमाए । ८३औं मिनेटमा विवेक बस्नेतको क्रसलाई गोलरक्षक युयाले नियन्त्रणमा लिन नसकेको बललाई जर्ज प्रिन्स कार्कीले दुई प्रयास गरेपनि सदुपयोग हुन नसक्दा आर्मी अग्रता लिनबाट चुक्यो ।

यो बराबरीले अंक तालिकामा कुनै फेरबदल भएन । आर्मी ७ खेलबाट ११ अंक जोडेर चौथो स्थानमा यथावत रहेको छ । समान ७ खेलबाट एपिएफ ६ अंक जोडेर ११औं स्थानमा रहेको छ ।

आर्मीको यो पाँचौ बराबरी हो । यसअघि आर्मीले पुलिस, मछिन्द्र, सातदोबाटो र थ्री स्टारसँग बराबरी खेलेको थियो । आर्मीले च्यासल र ब्रिगेड ब्वाइजलाई मात्रै हराउन सकेको छ । एपिएफको यो तेस्रो बराबरी हो । यसअघि एपिएफले थ्री स्टार र एनआरटीसँग बराबरी खेलेको छ । लिगमा फ्रेन्ड्सलाई पराजित गर्दा बिबिसी, च्यासल र सातदोबाटोसँग हार बेहोरेको छ ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.