default_image

9 years ago

November 23, 2016

पुलिसलाई हराउँदै एपिएफ सुरुङ्गा गोल्डकपको फाइनलमा

141 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एपिएफ सहारा सुरुङ्गा गोल्ड कप फुटबल प्रतियोगिता उपाधिको नजिक पुगेको छ । घरेलु फुटबलको सफलमध्ये विभागिय टोली नेपाल पुलिस क्लबलाई बुधबार टाइब्रेकरमा ५–४ ले हराउँदै एपिएफले प्रतियोगिताको फाइनलमा पुगेको हो । अब लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी र रुपन्देही ११ बीचको विजेतासँग एपिएफले फाइनल खेल्नेछ । मनाङ र रुपन्देहीबीच बिहीबार दोस्रो सेमिफाइनल खेल हुनेछ ।

rr1
कनकाई माविको खेल मैदानमा भएको विभागिय डर्बीको निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा टुंगिएको थियो । त्यसपछिको टाइब्रेकरमा एपिएफले सफलता प्राप्त गरेको थियो । पेनाल्टीमा एपिएफका नविन लामा, आदित्य चौधरी, मिलन राई, पासङ लामा र रञ्जन विष्ट गोल गर्न सफल भए । पुलिसका विक्रम धिमाल, दिनेश गुरुङ, तेज तामाङ र दिनेश राजवंशीले पेनाल्टीमा गोल गरे गोल गरे । बुद्ध लामाले पेनाल्टी खेर फाले । एपिएफका राजेन्द्र रावल म्यान अफ दी म्याच घोषित भएका थिए ।
नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक जापानी ग्योटोकु कोजी पनि खेल हरेका थिए । सुरुङ्गा जेसिजले आयोजना गरेको प्रतियोगिताको विजेताले ३ लाख ५१ हजार १ सय ११ तथा दोस्रो हुने टोलीले २ लाख ५१ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.