default_image

4 years ago

December 31, 2021

स्टेफन र मेसुकेको गोलमा एनआरटीलाई अग्रता

166 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – स्टेफन समिर विनोङ र मेसुके ओलुमोउको गोलमा न्युरोड टिम (एनआरटी) ले कतार एअरवेज सहिद स्मारक ए’ डिभिजन लिगमा फ्रेन्ड्स क्लबविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबा भएको खेलको पहिलो हाफमा एनआरटीले फ्रेन्ड्सविरुद्ध २–० को अग्रता लिन सफल भएको हो । खेलको चौथो मिनेटमा नै समिरले गोल गर्दै एनआरटीलाई पहिलो हाफमा १–० को अग्रता दिलाए ।

आन्द्रे थिएरी वियक वियको फ्रिकिकमा आएको बललाई रोनेल एन्थोनी पउलले राम्ररी किलयर गर्न नसकेको बललाई नविन गुरुङको प्रहार स्टेफनसमक्ष पुग्दा उनले एक टर्न लिदै आर्कबाट गरेको प्रहर गोलरक्षक देव लिम्वुले बचाउने कुनै मौका नै पाएन ।

२०औं मिनेटमा मेसुके ओलुमोउले गोल गर्दै एनआरटीको अग्रता दोब्बर पारे । नविन गुरुङको पासलाई स्टेफन समिरले छोडेको बलललाई मेसुकेको मैदानको मध्यभागबाट एकल प्रयासमा गोल गर्न सफल भएका थिए ।

२५औं मिनेटमा नाथानिल जुडे गार्सियाको झन्डै २५ यार्ड टाढाको फ्रिकिक क्रसबारमा लागेर बाहिरिदा फ्रेन्ड्स अग्रता कम गर्नबाच चुक्यो । २९औं मिनेटमा फ्रेन्ड्सका हरि कठायतको क्रसमा कप्तान असिम भुषालको हेडर बाहिरियो । ४२औं मिनेटमा स्टेफनको प्रहार क्रसबारमा लागेर फर्कदा एनआरटीले थप अग्रता बढाउन सकेन ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.