default_image

9 years ago

November 23, 2016

मनमोहन दुहवी गोल्डकप शनिबार सुरु हुने

142 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मनमोहन दुहवी गोल्डकप फुटबल प्रतियोगिता शनिबारबाट दुहवी भालुवामा सुरु हुँदैछ । नेपाल, भारत र भुटानका ८ टोलीको सहभागिता रहने प्रतियोगिता मंसिर १८ गते सम्म सञ्चालन हुने बुधबार पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

ts1
प्रतियोगिता मनमोहन स्मृती प्रतिष्ठान तथा एलेभन एरोज क्लबको संयुक्त आयोजनामा हुन लागेको हो । आफ्नो स्थापनाको पाँच दशक पुरा भएको उपलक्ष्यमा एलेभन एरोज क्लबले मनमोहन स्मृती प्रतिष्ठानसँगको सहकार्यमा प्रतियोगिता आयोजना गर्न लागेको हो ।
आयोजक समितिका सदस्य दीलिप राईका अनुसार प्रतियोगितामा लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब, त्रिभुवन आर्मी क्लब, रमपम झापा ११, चर्च ब्वाइज क्लब, विआरसी भुटान क्लब, शेरे क्लब कालिङपोङ भारत, मोरङ फुटबल क्लब, एलेभेन एरोज क्लब दुहवी गरी आँठ टोलीको सहभागिता रहने बताइएको छ ।
प्रतियोगिताको विजेता टोलीले उपाधिसहित ३ लाख र दोस्रो हुने टोलीले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । आर्मी क्लब र चर्च ब्वाइजबीच शनिबार उद्घाटन खेल हुनेछ । झापा र आयोजक एलेभन एरोजबीच आइतबार, मोरङ र बिआरसी तथा सोमबार शेर फुटबल र मनाङबीच प्रतिस्पर्धा हुनेछ ।

ts

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.