4 years ago
January 1, 2022
काठमाडौं (हाम्रो खेलकुद) – थ्री स्टार क्लबले कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगमा दोस्रो जित हासिल गरेको छ । दशरथ रंगशालामा शनिबारर छिमेकी जावलाखेल युथ क्लबलाई २–१ ले पराजित गर्दै थ्री स्टार अंक तालिकाको पाँचौं स्थानमा उक्लेको हो ।

अघिल्ला चार खेलमा बराबरी खेलेको थ्री स्टारलाई जावलाखेलविरुद्ध जित दिलाउन आयुष घलान र ऋतिककुमार खड्काले गोल गरेका थिए । यसअघि ३ खेलमा अपराजित गरहेको जावलाखेलका लागि भने निकोलस फर्नान्डेजले गोल गरेका थिए ।

थ्री स्टारले पहिलो हाफमै २ गोलको अग्रता बनाएको थियो । सातौं मिनेटमा आयुषले गोल गर्दै अग्रता दिलाएका थिए । २६ औं मिनेटमा ऋषिकले गोल गर्दै अग्रता दोब्बर पारेका थिए । जावलाखेलका निकोलसले ५५ औं मिनेटमा गोल गर्दै अन्तर घटाएका थिए । जावलाखेल ७ अंकसहित नवौं स्थानमा यथावत छ । सातौं चरणको अर्को खेलमा शनिबार संकटा क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]