4 years ago
January 1, 2022
काठमाडौं (हाम्रो खेलकुद)– मनाङ मस्र्याङ्दी क्लबले एएफसी कप छनोटको सम्भावनालाई जीवित राखेको छ । पोखरा रंगशालामा शनिबार ब्रिगेड ब्वाइज क्लब (बिबिसी) लाई १–० ले हराउँदै मनाङले एएएफसी कप छनोटको सम्भावना कायम गरेको हो ।

कप्तान अन्जन विष्टले पहिलो हाफमा गरेको गोलमा मनाङ लिगमा पाँचौं जित दर्ता गरेको हो । जितसँगै मनाङ अंक तालिकाको शीर्षस्थानमा उक्लेको छ भने मछिन्द्र फुटबल क्लब दोस्रो स्थानमा झरेको छ । मनाङको १६ अंक पुगेको छ । मछिन्द्रको १४ अंक छ ।
एएफसी कप छनोटमा पुग्नका लागि मछिन्द्रले आइतबार हुने खेलमा नेपाल पुलिस क्लबलाई हराउनै पर्ने हुन्छ । मछिन्द्र पराजित भए वा बराबरीमा रोकिएको खण्डमा मनाङले एएफसी कपमा देशको प्रतिनिधित्व गर्नेछ । सातौं चरणको समाप्तीमा एएफसी क्लब लाइसेन्स प्राप्त क्लबमध्ये लिगको माथिल्लो स्थानमा रहने टोलीले एएफसी कप छनोट खेल्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसअघि नै सार्वजनिक गरेको थियो ।

पहिलो हाफको इन्जुरी समयमा फ्रिकिकमा आएको बलमा अन्जनले हेड गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए । सोही गोल खेलको निर्णयक बनेको थियो । १७औं पेनाल्टी चुकाउँदा बिबिसीले सुरुवाती अग्रता लिनाट चुकेको थियो । शिशिर लेखीले पेनाल्टी चुकाएका थिए ।मनाङले आठौं चरणको खेल अर्को शनिबार च्यासल युथ क्लबसँग पोखरा रंगशालामा नै खेल्ने छ ।
शनिबार दशरथ रंगशालामा भएको अर्को खेलमा थ्री स्टार क्लबले जावलाखेल युथ क्लबलाई २–१ ले हराएको थियो । जितसँगै थ्री स्टार १० अंकका साथ पाँचौं स्थानमा उक्लेको छ । शनिबार नै हुने अर्को खेलमा संकटा क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]