4 years ago
January 2, 2022
काठमाडौं (हाम्रो खेलकुद)– सातदोबाटो युथ क्लबका प्रशिक्षक मेघराज केसीलाई मातृशोक परेको छ । पछिल्लो एक वर्षदेखि दम सुगरको उपचार गराइरहेकी रुकुमैया केसीको ८४ वर्षको उमेरमामा आइतबार बिहान २:५५ बजे मृत्यु भएको छोरा मेघराजले जानकारी दिए ।

केसीको आजै पशुपति आर्यघाटमा दाहसंस्कारण गरिएको छ । रुकुमैयाका मेघराजसहित २ छोरा र ३ छोरी छन् । आमामा विरामी परेकै कारण केसीले वैशाखमा भएको नेपाल सुपर लिग (एनएसएल) मा चितवन एफसीलाई पूरा समय दिन पाएका थिएनन् ।
केसीको प्रशिक्षणमा सातदोबाटो जारी कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगमा ६ खेलको समाप्तीमा ८ अंकसहित अंकतालिकाको सातौं स्थानमा रहेको छ । सातौं चरणको अन्तिम खेलमा सातदोबाटोले सोमबार हिमालयन शेर्पा क्लबको सामना गर्दैछ ।
प्रत्यक्ष रुपमा आफू संलग्न हुन नपाएपनि क्लबका अन्य प्रशिक्षक, खेलाडीसँग नियमित सम्पर्कमा रहने केसीले जानकारी दिए । राष्ट्रिय टोलीका सहायक प्रशिक्षक रहिसकेका केसीले यू १९ पुरुष टोलीका मुख्य प्रशिक्षकको जिम्मेवारी पनि सम्हालेका थिए । उनले यसअघि त्रिभुवन आर्मी क्लब र थ्री स्टार क्लबको प्रशिक्षकको भूमिकामा लामो समय बिताएका थिए ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]