default_image

4 years ago

January 2, 2022

मच्छिन्द्र-पुलिसको नतिजाले एएफसी कप छनोटको टुंगो लाग्ने

251 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपालको प्रतिनिधित्व गर्दै एएफसी कप छनोट खेल्ने टोलीको टुंगो आज लाग्नेछ । छनोटको दौडमा कतार एअरवेज सहिद स्मारक ए डिजिभन लिगको शीर्ष टोली मनाङ मर्स्याङ्दी क्लब र दोस्रो स्थानको मछिन्द्र फुटबल क्लब मात्र रहेका छन् । एएफसी कप छनोट खेल्न पाउने एएफसी क्लब लाइसेन्स प्राप्त ४ नेपाली क्लब मध्ये त्रिभुवन आर्मी फुटबल क्लब र एपिएफ फुटबल क्लब यसअघि नै छनोटको दौडबाट बाहिरिसकेका छन् ।

मनाङले शनिबार पोखरा रंगशालामा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) लाई १–० ले हराउँदै लिगको शीर्षस्थानमा फर्कनुका साथै छनोटको सम्भावनालाई जीवित राखेको छ । मनाङको १६ अंक पुगेको छ भने १ खेल कम खेलेको मछिन्द्रको १४ अंक छ । सातौं चरणको समाप्तीमा ४ टोलीमध्ये लिग अंकतालिकाको माथिल्लो स्थानमा रहने टोलीले यसपटक एएफसी कपको छनोट खेल्ने गरि एन्फाले एसियाली फुटबल महासंघ (एएफसी) लाई प्रस्ताव गरेको थियो । सोही अनुरुप आजको नतिजापछि मनाङ र मछिन्द्र मध्ये जो माथिल्लो स्थानमा रहन्छ सोही टोलीले यसपटक एएफसी कप छनोटमा नेपालको प्रतिनिधित्व गर्नेछ ।

यहि पृष्ठ भूमीमा छनोटका लागि जित्नै पर्ने बाध्यताका साथ मछिन्द्रले नेपाल पुलिस क्लबको सामना गर्दैछ । खेल दशरथ रंगशालामा दिउँसो ४:४५ बजे सुरु हुनेछ । पुलिससँग बराबरीमा रोकिए वा पराजित भएको खण्डमा मछिन्द्रको एएफसी कप छनोट खेल्ने सम्भावना सकिनेछ । बराबरीमा मछिन्द्रको १५ अंक मात्र पुग्नेछ । त्यसैले मछिन्द्रसँग जितको विकल्प छैन ।

अघिल्ला ६ खेलमा टोलीले ४ खेलमा जित र २ मा बराबरी खेलेको थियो । जारी लिगमा मछिन्द्र, आर्मी र संकटा क्लबमात्र अपराजित छन् । राष्ट्रिय टोलीका खेलाडीहरुको बाहुल्यता रहेको मछिन्द्रले जितका लागि हर सम्भव प्रयास गर्नेछ ।

अर्कोतर्फ पुलिसले भने जारी लिगमा सन्तोषजनक प्रदर्शन गर्नसकेको छैन । पछिल्ला ६ खेलमा टोलीले १ मात्र जित हासिल गरेको छ भने ३ खेलमा बराबरी गरेको छ । छैटौं चरणमा बराबरी खेलेको पुलिसले त्यसअघिका दुई खेल लगातार गुमाएको थियो । टोली ६ अंकसहित १० औं स्थानमा छ । रेलिगेसन दबाब कम गराउनका लागि पुलिसलाई पनि मछिन्द्रविरुद्धको खेल महत्त्वपूर्ण रहेको छ ।

मनाङले पछिल्लो पटक लिग च्याम्पियनको हैसियतमा २०१९ मा एएफसी कपको समूह चरणमा प्रतिस्पर्धा गरेको थियो । गत संस्करणबाट भने नेपालको टोलीले एएफसी कपको छनोट खेल्नुपर्ने भएको छ ।

यसपटक नेपालबाट अघि बढ्ने टोलीले प्लेअफको पहिलो चरणमा माल्दिभ्सको क्लब भ्यालेन्सिया, भुटानको पारो एफसी र श्रीलंकामध्य एक क्लबसँग खेल्नेछ । दोस्रो चरणमा यी चारमध्य दुई टोलीसँगै भारतको एटिके मोहन बगान र बंगलादेशको ढाका अबाहानी रहेका छन् । यी मध्य एक टोलीले समूह चरणमा स्थान बनाउनेछन् ।

त्यसअघि मनाङले २००६ र २०१४ को एएफसी प्रेसिडेन्ट्स कपमा देशको प्रतिनिधित्व गरेको थियो । २००६ मा समूह चरणबाट बाहिरिएको मनाङ २०१४ मा भने अन्तिम चरणमा पुगेको थियो । त्यसअघि १९८८ मा मनाङले एसियन क्लब च्याम्पियनसिपको छनोट चरण खेलेको थियो ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.