default_image

4 years ago

January 2, 2022

पुलिसलाई हराउँदै मछिन्द्र एएफसी कपको छनोटमा

246 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– मछिन्द्र फुटबल क्लबले एएफसी कप छनोट खेल्ने पक्का भएको छ । जित्दै पर्ने दबाबका साथ कतार एअरवेज सहिद स्मारक ए डिजिभन लिगको सातौं चरण आइतबार नेपाल पुलिस क्लबलाई १–० ले हराएपछि मछिन्द्रले एएफसी कप छनोटको यात्रा पक्का गरेको हो ।

लिग च्याम्पियनले एएफसी कप खेल्नु पर्ने भएपछि समय अभावका कारण सातौं चरणमै एएफसी क्लब लाइसेन्स प्राप्त गर्ने ४ मध्ये अंक तालिकाको माथिल्लो स्थानमा रहने टोलीलाई एएफसी कपको छनोट खेलाउने अखिल नेपाल फुटबल संघ (एन्फा) को प्रस्तावलाई एसियाली फुटबल महासंघ (एएफसी) ले स्वीकार गरेको थियो । त्यसैले लिगको १३ मध्ये सातौं चरणको माथिल्लो टोलीले एएफसी कप छनोट खेल्नेछ ।

अर्को दाबेदार मनाङ मस्र्याङ्दी क्लबले शनिबार पोखरा रंगशालामा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) लाई १–० ले हराउँदै शीर्षस्थानमा पुनरागमन गरेसँगै मछिन्द्रलाई छनोटका लागि पुलिसविरुद्ध जित्नै पर्ने दबाब थियो। बराबरी वा हारले टोलीको एएफसी कप छनोटको सम्भावना टुंगिने थियो ।

छैटौं चरणमा मनाङलाई १–० ले हराएपछि मछिन्द्रको एसियाली फुटबल महासंघ (एएफसी) को आधिकारिक प्रतियोगिता पहिलो पटक खेल्ने सम्भावना बलियो भएको थियो । यद्दपी मछिन्द्र यसअघि २०७६ को लिग च्याम्पियन बन्दै एएफसी कपको लागि छनोट भएको थियो । तर, एएफसी क्लब लाइसेन्स प्राप्त नगरेका कारण टोलीले त्यति बेला देशको प्रतिनिधित्व गर्ने अवसर गुमाएको थियो । मछिन्द्रको सट्टा त्यति बेला दोस्रो भएको त्रिभुवन आर्मी फुटबल क्लबले एएफसी कप छनोट खेल्ने मौका पाएको थियो ।

आर्मी एएफसी लाइसेन्स प्राप्त गर्ने पहिलो नेपाली क्लब बनेको थियो । गत वर्ष भने मछिन्द्र, मनाङ र एपिएफ फुटबल क्लबले लाइसेन्स प्राप्त गरेका छन् । त्यसअर्थ यसपटक ४ टोलीबीच मात्र एएफसी कप छनोट खेल्ने प्रतिस्पर्धा थियो । आर्मी र एपिएफ भने पहिला नै छनोटको दौडबाट बाहिरिसकेपछि मनाङ र मछिन्द्रबीच मात्र प्रतिस्पर्धा थियो ।

पहिलो चरणमा न्युरोड टिम (एनआरटी) लाई २–१ ले हराउँदै जारी लिगमा विजयी सुरुवात गरेको मछिन्द्र दोस्रो खेलमा आर्मीसँग बराबरीमा रोकिएको थियो । तेस्रो खेलमा जावलाखेल युथ क्लबलाई २–०, चौथोमा हिमालयन शेर्पा क्लबलाई ३–० ले हराउँदै बलियो बनेको मछिन्द्र पाँचौँ चरणमा संकटा क्लबसँग गोलरहित बराबरी रोकिएको थियो ।

सबैभन्दा महत्वका साथ हेरिएको खेलमा भने मनाङलाई १–० ले हराउँदै मछिन्द्रले एएफसी कप छनोटको सम्भावना बलियो बनाएको थियो। जारी लिगमा अपराजित ३ टोलीमध्ये मछिन्द्र एक हो । आर्मी र संकटा पनि सातौं चरणको समाप्ती सम्म आइपुग्दा अपराजित छन् । १८ वर्षअघि ए डिभिजन लिगमा बढुवा भएको मछिन्द्रले पहिलो पटक एएफसीको आधिकारिक प्रतियोगितामा देशको प्रतिनिधित्व गर्ने पक्का भएको छ ।

सातौ चरण जारी रहँदा अपराजित रहेको मछिन्द्रले ७ खेलबाट १७ अंक जोड्यो । मछिन्द्रले ५ जित र २ बराबरीको नतिजा निकालेको छ ।

सुनिलको निर्णायक गोल

एएफसी कपको छनोटमा स्थान बनाउन जित निकाल्नै पर्ने खेलमा पुलिसलाई पराजित गरेपछि मछिन्द्रले एएफसी कपको छनोट खेल्ने पक्का भएको हो ।

पुलिसविरुद्ध मछिन्द्रको जितमा पहिलो हाफमा सुनिल बलले गरेको गोल नै निर्णायक बन्यो । हेमन्त श्रेष्ठले नुर्लान नोभ्रुजोभलाई फउल गरेपछि विशाल राईले झन्डै ३५ यार्ड टाढाबाट गरेको फ्रिकिकलाई अनमार्क रहेका सुनिल बलले २१औं मिनेटमा हेडमार्फत जाली चुमाएका थिए । जारी लिगमा उनको यो पाँचौ गोल हो ।

४३औं मिनेटमा विशाल राईले पेनाल्टी बक्सभित्रको प्रहारलाई गोलरक्षक शत्रुघन कुमार चौधरीले पञ्च गर्दा सन्तोष हेमरुनले क्लियर गर्दै पुलिसको संकटा टारे । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा सुनिल बलको झन्डै ३० यार्ड टाढाको प्रहार गोलरक्षक शत्रुघनले पञ्च गर्दै बाहिर फाल्दा मछिन्द अग्रता दोब्बर पार्नबाट चुक्यो ।

६८औं मिनेटमा मनिष डाँगीले गोरलक्षक शत्रुघनलाई बिट गर्दै गरेको प्रहार दोस्रो बार च्याप्दै बाहिरिदा मछिन्द्रले अग्रता दोब्बर बनाउन सकेन लगत्तै काउन्टर अट्याका कप्तान रामचन्द्र वाजीको पेनाल्टी बक्सभित्रको प्रहार आकासिदा पुलिस बराबरीबाट चुक्यो । ७६औं मिनेटमा सुमन लामाको फ्रिकिक पोलमा लागेर फर्कदा पुलिस बराबरीबाट चुक्यो । ७८औं मिनेटमा कप्तान सुजल श्रेठको प्रहार गोलरक्षक शत्रुघनले पञ्च गर्दै बचाए ।

सातौ चरण जारी रहँदा अपराजित रहेको मछिन्द्रले ७ खेलबाट १७ अंक जोड्यो । मछिन्द्रले ५ जित र २ बराबरीको नतिजा निकालेको छ । हारपछि पुलिस ७ खेलबाट ६ अंक जोडेर ११औं स्थानमा झरेको छ । पुलिसले ७ खेल खेल्दा १ जित, ३ बराबरी र ३ हारको नतिजा निकालेको छ ।

मछिन्द्रको एएफसी कप छनोटको यात्रा

एनआरटीविरुद्ध –१ को जित

आर्मीविरुद्ध ०–० को बराबरी

जावलाखेलविरुद्ध–० को जित

हिमालयन शेर्पाविरुद्ध –० को जित

संकटाविरुद्ध ०–० को बराबरी

मनाङविरुद्ध –० को जित

पुलिसविरुद्ध –० को जित

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.