default_image

4 years ago

January 2, 2022

सुनिलको गोलमा मछिन्द्रलाई अग्रता

193 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड सुनिल बलको गोलमा मछिन्द्र फुटबल क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विभागीय नेपाल पुलिस क्लबविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएके खेलको २१औं मिनेटमा सुनिलले गोल गर्दै मछिन्द्रलाई पहिलो हाफमा १–० को अग्रता दिलाएका हुन् ।

२१औं मिनेटमा सुनिल बलले हेडमार्फत गोल गर्दै मछिन्द्रलाई १–० को अग्रता दिलाए । हेमन्त श्रेष्ठले नुर्लान नोभ्रुजोभलाई फउल गरेपछि विशाल राईले झन्डै ३५ यार्ड टाढाबाट गरेको फ्रिकिकलाई अनमार्क रहेका सुनिल बलले हेडमार्फत जाली चुमाएका थिए । जारी लिगमा उनको यो पाँचौ गोल हो ।

४३औं मिनेटमा विशाल राईले पेनाल्टी बक्सभित्रको प्रहारलाई गोलरक्षक शत्रुघन कुमार चौधरीले पञ्च गर्दा सन्तोष हेमरुनले क्लियर गर्दै पुलिसको संकटा टारे । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा सुनिल बलको झन्डै ३० यार्ड टाढाको प्रहार गोलरक्षक शत्रुघनले पञ्च गर्दै बाहिर फाल्दा मछिन्द अग्रता दोब्बर पार्नबाट चुक्यो । बलियो मछिन्द्रविरुद्ध पुलिसले उल्लेख्य आक्रमण बुन्न सकेको छैन ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.