9 years ago
November 24, 2016
सेल्टिक (एजेन्सी)– स्टार स्ट्राइकर लियोनल मेसीको उच्च प्रदर्शनबाट प्रेरित बार्सिलोनाले सेल्टिकलाई २–० ले हराएसँग च्याम्पियन्स लिगको नकआउट चरणमा पुगेको छ । बार्सिलोनाको जितमा दुवै गोल मेसीले गरे । नेइमारको पासमा २४ औं मिनेटमा पहिलो गोल गरेका मेसीले अर्को गोल ५४ औं मिनेटमा पेनाल्टीमा गरे । यो सिजनमा च्याम्पियन्स लिगमा मेसीको गोल संख्या ९ पुगेको छ । 
समूह सीबाट बार्सिलोना अन्तिम १६ मा प्रवेश गर्दा स्कटिस टोली सेल्टिक भने बाहिरिएको छ । अर्को खेलमा जर्मन क्लब बोरुसिया मोन्चेनग्लाडवाचसँग १–१ को बराबरी खेल्दै इङ्लिस टोली म्यानचेस्टर सिटी पनि अन्तिम १६ मा पुग्न सफल भयो । २३ औं मिनेटमा राफेलको गोलबाट जर्मन क्लबले अग्रता लिएपनि पहिलो हाफको इन्जुरी समयमा डेभिड सिल्भाले गोल गर्दैै सिटीलाई बराबरीमा ल्याएका थिए । ५ खेलमा बार्सिलोनाको १२ अंक छ भने सिटीको ८ अंक छ । समूह चरणको अन्तिम खेल बाँकी रहँदा मोन्चेनग्लाडवाचको ५ र सेल्टिकको २ अंक छ ।
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]