default_image

4 years ago

January 2, 2022

‘विदेशी खेलाडी थप्ने योजना छ’ – मछिन्द्र प्रशिक्षक कटुवाल

207 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– मछिन्द्र फुटबल क्लबका प्रशिक्षक प्रवेश कटुवालले एएफसी कप छनोटका लागि टोलीमा विदेशी खेलाडी थप्ने बताएका छन् ।

सातौं चरणको खेलमा आइतबार नेपाल पुलिस क्लबलाई १–० ले हराएपछि मनाङ मर्स्याङ्दी क्लबलाई पछि पार्दै मछिन्द्र एएफसी कपको लागि छनोट भएको हो । सातौं चरण जारी रहँदा अपराजित रहेको मछिन्द्रले ७ खेलबाट १७ अंक जोड्यो । मछिन्द्रले ५ जित र २ बराबरीको नतिजा निकालेको छ । मनाङको त्यति नै खेलमा १६ अंक छ ।

‘एएफसी कपका लागि विदेशी खेलाडी थप्छौं । बलियो बनाएर जान्छौं । त्यसमा नेपाली खेलाडीको संयोजन गरेर जान्छौं’, कटुवालले छनोटपछि भने, ‘अन्य क्लबबाट नेपाली खेलाडी आबद्ध गर्ने भने योजना छैन ।’

कटुवालले दबाबका बीच पनि सफलता निकाल्न सकेकोमा खुसी व्यक्त गरे । ‘दबाबको खेल थियो । केहि खेलाडी घाइते र केहि प्रतिबन्धमा भएकाले हामीलाई गाह्रो थियो’, उनले भने, ‘जित्यौं खुसी र सन्तुष्ट छौं ।’

उनले सात चरणको खेल सहज नभएको पनि बताए । ‘सबै टोली राम्रो थिए त्यसले हामीलाई यो यात्रा सहज थिएन । पुलिसले पनि राम्रो खेल्यो’, कटुवालले थपे, ‘सुरुमा गोल निस्कियो । त्यसलाई जोगाउने र काउन्टरमा थप्ने प्रयास गरेका थियौं । त्यसमा हामी सफल भयौं ।’

कटुवालले टोलीमा अझै धेरै सुधार गर्नुपर्नेमा पनि जोड दिएका छन् । ‘फुटबल टिम वर्क हो । कम्बिनेसन अझै मिल्न बाँकी छ’, उनले भने, ‘सुधार गर्नुपर्ने धेरै छन् । लामो समय सँगै खेल्दा आपसी समन्वय मिल्दै जाने हो ।’

पुलिसका प्रशिक्षक अनन्त थापाले एउटा गोललाई छाड्ने हो भने आफ्नो टोलीको प्रदर्शन सन्तोषजनक रहेको बताए । सुनिल बलको निर्णायक गोलमा मछिन्द्र विजयी भएको थियो । त्यसमा आफ्नो टोलीको केहि कमजोरी रहेको पनि प्रशिक्षक थापाले स्वीकार गरे । ‘डिफेन्स लाइनमा कसैले लिड गर्नुपर्छ । हाम्रो फस्ट बारमा ध्यान भएन, त्यसमै गोल खायौं । तर समग्रमा हामीले राम्रो खेल्यौं ।’

सुमन लामाको फ्रिकिक बारमा लागेर फर्कनु टोलीको दुर्भाग्य रहेको उनले सुनाए । ‘हामीले दास्रो हाफमा बराबरीको प्रयास पनि गर्यौं । सुमनको प्रहार इन्साइड बारमा लागेर फर्कियो’, उनले भने, ‘त्यस्तो पनि गोल भएन । मछिन्द्रले एएफसी खेल्ने लेखेकै जस्तो लाग्यो । राम्रो फाइट दियौं । खेलाडीलाई दिएको जिम्मेवारी दिएका थियौं गोलबाहेक सबै राम्रो भयो । अझ उनीहरु भन्दा राम्रो गरेका थियौं ।’

थापाले योजना सुनाउँदै भने, ‘सुरक्षित भएर खेल्ने भन्ने थियो । त्यहि गोलले फरक पर्यो । आजको प्रदर्शनले सकारात्मक महसुस भएको छ । आज राम्रो गछौं र सुरक्षित भएर लिग सकाउँछौं ।’

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.