default_image

4 years ago

January 3, 2022

मेस्सीलाई कोरोना संक्रमण

200 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सीसँगै चार खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

पिएसजीले मेस्सीसँगै लेफ्ट ब्याक जुआन बर्नाट, ब्याकअप गोलरक्षक सर्जियो रिको र युवा मिडफिल्डर नाथनलाई कोरोना पुष्टि भएको पिएसजीले जनाएको छ । ओमिक्रोन भेरियन्टको संक्रामक प्रकृतिले स्टार खेलाडी र प्रशिक्षकलाई पुष्टि भइरहेको छ । अब मौरिसियो पोचेटिनोले सोमबार राति कप डे फ्रान्समा मेस्सीविना भान्नेससँग खेल्दैछ ।

पिएसजीका प्रशिक्षक मौरिसियो पोचेटिनोले मेस्सी कहिले फ्रान्स फर्कने भन्ने अनिश्चित रहेको बताएका छन् । तर पोचेटिनोले अर्काे आइतबार लियोनविरुद्धको खेलको लागि उपलब्ध हुने बताएका छन् ।

‘हामी लगभग दुई वर्षदेखि कोरानासँग जुधिरहेका छौं । यो संक्रमणबाट बच्न के गर्नुपर्छ, सबैलाई थाहा छ । तर, भाइरसले उपचारबारे अझै अज्ञात छ ।’ पोचेटिनोले भने, ‘लियोको सन्दर्भमा हामी उनको चिकित्सकसँग नियमित सम्पर्कमा छौं । उनलाई अर्जेन्टिनामै कोरोना संक्रमण पुष्टि भएको हो । जबसम्म निको हुँदैनन् । उनी फ्रान्स फर्कन सक्षम हुनेछैनन् । उनी फर्किरएपछि हेर्नेछौं ।’

कोरोना पुष्टि भएसँगै उनी कम्तीमा १० दिन सेल्फ आइसोलेसनमा बस्नुपर्ने भएपछि मेस्सीले ९ जनवरीमा हुने लियोनविरुद्धको महत्वपुर्ण खेल पनि गुमाउने सम्भावना छ । यस्तै पिएसजीले आफ्नो ब्राजिली स्टार नेयमारको चोटबाट पुर्णरुपमा निको हुने तर्खरमा रहेको बताएको छ । उनी ९ जनवरीपछि खेलबाट पूनरागमन गर्ने बताइएको छ ।

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

Success

Thank you for your time.