4 years ago
January 3, 2022
काठमाडौं (हाम्रो खेलकुद) – कप्तान विश्वास श्रेष्ठले पेनाल्टीमार्फत गोल गरेपछि हिमालयन शेर्पा क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको सातौ चरणको अन्तिम खेलमा सातदोबाटो युथ क्लबविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ ।

फितलो र निराशजन बनेको खेलको ४४औं मिनेटमा विश्वासले पेनाल्टीमार्फत गोल गर्दै शेर्पालाई पहिलो हाफमा १–० को अग्रता दिलाएका हुन् । ४२औं मिनेटमा त्रिदेव गुरुङलाई पिटर सेगुनले पेनाल्टी बक्समा लडाएपछि रेफ्री प्रज्वल क्षेत्रीले शेर्पालाई पेनाल्टी प्रदान गरे । जसमा कप्तान विश्वास श्रेष्ठ चुकेनन् ।
त्यसअघि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको निराशजनक खेलको १०औं मिनेटमा सुरेश कुमालको प्रहार फितलो बन्दा गोलरक्षक अभिषेक बरालले सहजै नियन्त्रणमा लिए । खेलमा सातदोबाटोले पकड बनाएपनि फिनिसिङ गर्न सकेको छैन ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]