default_image

4 years ago

January 3, 2022

सातदोबाटोलाई हराउँदै शेर्पा पाँचौ स्थानमा उक्लियो

245 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नवप्रवेशी सातदोबाटोमाथि झिनो जित निकाल्दै हिमालयन शेर्पा क्लब कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको पाँचौ स्थानमा उक्लिएको छ ।

कप्तान विश्वास श्रेष्ठको गोलमा शेर्पाले सातदोबाटोलाई १–० ले पराजित गर्दै अंक तालिकामा सुधार गरेको हो । फितलो र निराशजन बनेको खेलको ४४औं मिनेटमा विश्वासले पेनाल्टीमार्फत गरेको गोल नै शेर्पाको जितमा निर्णायक बन्यो ।

४२औं मिनेटमा त्रिदेव गुरुङलाई पिटर सेगुनले पेनाल्टी बक्समा लडाएपछि रेफ्री प्रज्वल क्षेत्रीले शेर्पालाई पेनाल्टी प्रदान गरे । जसमा कप्तान विश्वास श्रेष्ठ चुकेनन् । त्यसअघि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको निराशजनक खेलको १०औं मिनेटमा सुरेश कुमालको प्रहार फितलो बन्दा गोलरक्षक अभिषेक बरालले सहजै नियन्त्रणमा लिए ।

प्रतिस्पर्धात्मक बनेको दोस्रो हाफमा दुवै टोलीले गोलका केही अवसर सिर्जना गरेपनि सदुपयोग गर्न नसक्दा पहिलो हाफको गोल नै निर्णायक बन्यो । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा मुताम्वा पिस्टोनले वान भर्सेस वानको अवस्थामा सुवर्ण अवसर पाएपनि लड्न पुग्दा शेर्पा अग्रता दोब्बर पार्नबाट चुक्यो ।

इन्ज्युरी समयको थप गरिएको सातौं मिनेटमा मार्टिन एडेल्फे सिलो नङ्गा पेनाल्टीमा चुक्दा सातदोबाटो बराबरीबाट चुक्दा पराजित हुन पुग्यो । जीवन गुरुङले पेनाल्टी बक्समा मार्टिन एडेल्फे सिलो नङ्गालाई लडाएपछि प्राप्त पेनाल्टीमा उनकै प्रहार गोलरक्षक दीप कार्कीले सहजै नियन्त्रणमा लिन सफल भएका थिए ।

शेर्पाको यो लगातार तेस्रो जित हो । यसअघि शेर्पाले बिबिसी र च्यासललाई समान ३–१ ले पराजित गरेको थियो । त्यसअघि संकटा र पुलिससँग १–१ गोलको बराबरी तथा मनाङसँग १–० र मछिन्द्रसँग ३–० को हार बेहोरेको थियो ।

जितसँगै शेर्पा ७ खेलबाट ११ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ । यसअघि शेर्पा नवौं स्थानमा रहेको थियो । समान ११ अंक नै रहेपनि आर्मी गोलअन्तरमा चौथो स्थानमा रहेको छ । शेर्पाले सातौ चरणको खेल सकिदा ३ जित, समान दुई बराबरी र हारको नतिजा निकालेको छ । पराजित सातदोबाटो ७ खेलबाट ८ अंक जोडेर आठौं स्थानमा यथावत रहेको छ ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.