default_image

4 years ago

January 3, 2022

राष्ट्रिय टोली छनोटमा ७ नयाँ खेलाडी

480 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले मौरिसिएसविरुद्ध हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि ३४ सदस्यीय टोली घोषणा गर्ने क्रममा ७ नयाँ खेलाडीलाई समेटेका छन् । नेपालले माघ १५ र १८ गते दशरथ रंगशालामा मैत्रीपूर्ण खेल खेल्दैछ ।

प्रशिक्षक अलमुताइरीले गोलरक्षकद्वय टिकेन्द्र थापा र शत्रुघन चौधरी, डिफेन्डर नविन गुरुङ, मिडफिल्डर आकाश बुढा मगर, कृतिश रत्न छुन्जु, सुदीप गुरुङ तथा फरवार्ड सुशील राई टोलीमा पहिलो पटक परेका छन् । यस्तै डिफेन्डर देवेन्द्र तामाङ, मिडफिल्डर सुभाष गुरुङ र फरवार्ड विमल घर्तीमगरले राष्ट्रिय टोलीमा पुनरागमन गर्ने बाटो खुलेको छ ।

चोटका कारण देवेन्द्र र विमल लामो समयदेखि राष्ट्रिय टोलीबाहिर रहेका थिए । मिडफिल्डर एरिक विष्ट पनि चोटका कारण साफ च्याम्पियनसिप गुमाएपछि टोलीमा फर्केका छन् । यसअघि राष्ट्रिय टोलीबाट खेलिसकेका दर्शन गुरुङ प्रारम्भिक टोलीमा रहँदा डेब्यु गर्न बाँकी दिनेश हेन्जन पनि ३४ सदस्यीय टोलीमा छन् ।

टोलीमा ५ गोलरक्षक, ६ डिफेन्डर, १६ मिडफिल्डर तथा ७ फरवार्ड रहेका छन् । इन्डोनेसियामा व्यावसायिक फुटबल खेलिरहेका रोहित चन्द भने प्रारम्भिक टोलीमा रहेका छैनन् । साफ च्याम्पियनसिप खेलेको टोलीबाट घाइते भएका नवयुग श्रेष्ठ टोलीमा छैनन् ।

३४ सदस्यीय प्रारम्भिक टोली:

गोलरक्षक : विशाल श्रेष्ठ, दीप कार्की, किरण कुमार लिम्बु, शत्रुघन चौधरी, टिकेन्द्र थापा

डिफेन्डर : अनन्त तामाङ, देवेन्द्र तामाङ, दीनेश राजवंशी, गौतम श्रेष्ठ, नविन गुरुङ, सुमन अर्याल

मिडफिल्डर : आयुष घलान, आकाश बुढा मगर, एरिक विष्ट, दिनेश हेन्जन, कमल थापा, कृतिश रत्न छुन्जु, नितिन थापा, पुजन उपरकोटी, सन्तोष तामाङ, सुभाष गुरुङ, सुदीप गुरुङ, सुजल श्रेष्ठ, सुरज जिउ ठकुरी, तेज तामाङ, दर्शन गुरुङ, विशाल राई

फरवार्ड : आशिष लामा, अन्जन विष्ट, विमल घर्तीमगर, मनिष डाँगी, सुमन लामा, सुनिल बल, सुशील राई

राष्ट्रिय टोलीमा परेका ७ नयाँ खेलाडीहरु :

टिकेन्द्र थापाको लिगमा प्रदर्शनबारे विस्तृत जानकारी लिन यहाँ थिच्नुहोस

शत्रुघन चौधरीको लिगमा प्रदर्शनबारे विस्तृत जानकारी लिन यहाँ थिच्नुहोस

नविन गुरुङको लिगमा प्रदर्शनबारे विस्तृत जानकारी लिन यहाँ थिच्नुहोस

आकाश बुढा मगरको लिगमा प्रदर्शनबारे विस्तृत जानकारी लिन यहाँ थिच्नुहोस

कृतिश रत्न छुन्जुको लिगमा प्रदर्शनबारे विस्तृत जानकारी लिन यहाँ थिच्नुहोस

सुदीप गुरुङको लिगमा प्रदर्शनबारे विस्तृत जानकारी लिन यहाँ थिच्नुहोस

सुशील राईको लिगमा प्रदर्शनबारे विस्तृत जानकारी लिन यहाँ थिच्नुहोस

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.