4 years ago
January 4, 2022
एजेन्सी – लन्डन क्लब चेल्सीले आफ्ना ब्राजिली भेट्रान डिफेन्डर थियागो सिल्भाको सम्झौता नविकरण गरेको छ । चेल्सीले सिल्भासँगको सम्झौता एक वर्ष नविकरण गरेको हो ।

नयाँ सम्झौता अनुसार ३७ वर्षीय सिल्भा सन् २०२३ को समरसम्म चेल्सीमा रहनेछ । चेल्सीले सिल्भालाई सन् २०२०–२१ को सिजनमा दुई वर्षको लागि फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट अनुबन्ध गरेको थियो ।
उनको सम्झौता २०२२ को समरसम्म रहेपनि चेल्सीले सिल्भाको सम्झौता अवधि बाँकी रहँदै सम्झौता नविकरण गरेको हो । चेल्सीले सिल्भालाई च्याम्पियन्स लिग जिताउन भुमिका निर्वाह गरेपनि उनको सम्झौता नविकरण गर्न राजी भएको हो ।

यो सिजन सिल्भाले चेल्सीका लागि २१ खेल खेल्दा २ गोल गरेका छन् । चेल्सीको प्रमुख कार्यकारी अधिकृत मारिना ग्रानोभस्कियाले पिचमा र पिच बाहिर उनको सकरात्मक प्रभावको विशेष प्रशंसा गर्दै उनको सम्झौता नविकरण गरिएको र यसलाई उनले आगमी दिनमा पनि कायम राख्नेमा विश्वस्त रहेको बताएकी छिन् ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]