4 years ago
January 5, 2022
लमजुङ (हाम्रो खेलकुद) – साविक विजेता श्री भगवती युथ क्लब टोखा काठमाडौंलाई पराजित गर्दै बुद्ध युथ क्लब (बिवाइसी) भोटेवडारले लमजुङमा जारी जिल्लाकै सर्वाधिक धनराशिको २९औं संस्करणको त्रिवेणी कप राष्ट्रव्यापी फुटवल प्रतियोगिताको उपाधि जितेको छ ।

बेंसीशहरस्थित सहजी खेल मैदानमा मंगलबार भएको फाइनलमा साविक विजेता श्री भगतीलाई २–० ले पराजित गर्दै त्रिवेणीले उापधि जित्न सफल भएको हो ।
बिवाइसीलाई च्याम्पियन बनाउन सन्दिप राना मगर र राम्से यान्निकले गोल गरे । दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो । खेलको १३औं मिनेटमा सन्दिप राना मगरले गोल गर्दै बिवाइसीलाई १–० को अग्रता दिलाए । त्यसको दुई मिनेटपछि नै यान्निकले गोल गर्दै बिवाइसीको अग्रता दोब्बर पारे । त्यसपछि दुवै टोलीबाट थप गोल निस्कन नसक्दा पहिलो हाफको दुई गोल नै त्रिवेणीलाई च्याम्पियन बन्न पर्याप्त बन्यो ।
सन्दिप राना मगर फाइनल खेलको म्यान अफ दि म्याच घोषित भए । उनले ५ हजार रुपैयाँ हात पारे । श्री भगवतीका अमित लामा प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भए । बिवाइसीका फकुल्ने एवायोनी र श्री भगवतीका अर्मान्ड संयुक्त रुपमा सर्वाधिक गोलकर्ता चुनिए । सर्वाेत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले समान १५–१५ हजार रुपैया हात पारे । दुई जना सर्वाधिक गोलकर्ता भएका कारण उनीले पुरस्कार रकम आधा गरे । बागमती एफसी सर्लाहीले फेयर प्ले हात पारे ।
त्रिवेणी कपको उपाधिसँगै बिवाइसीले ५ लाख, त्रिवेणी कप र स्वर्ण पदक प्राप्त गरेको छ । दोस्रो भएको श्री भगवतीले ३ लाख र रजत पदक प्राप्त गरेको छ । सेमिफाइनल पराजित हुने दुई टोली आयोजक त्रिवेणी युवा क्लब र समाज कल्याणले समान ५०–५० रुपैया प्राप्त गरे ।
विजयी टोली तथा खेलाडीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपाली, क्लबका अध्यक्ष विनोद गुरुङलगायतले पुरस्कृत गरे । १३ पुसबाट शुरु भएको प्रतियोगितामा लमजुङ, काठमाडौ, पोखरा, चितवन, तनहुँलगायत जिल्लाबाट गरी १८ टिमको सहभागिता रहेको थियो ।
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]