4 years ago
January 6, 2022
काठमाडौं (हाम्रो खेलकुद)– कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगमा आधा भन्दा बढी खेल समाप्त भइसकेको छ । जारी लिगमा १४ टोलीको सहभागिता रहेको छ । लिगमा हरेक टोलीले १३ खेल खेल्नुपर्नेछ । त्यस हिसाबले यसपटक लिगमा ९१ खेल हुनेछन् । जसमध्ये सातौं चरण अर्थात ४९ खेल सकिसकेका छन् ।

अब ६ चरणका ४२ खेल बाँकी छन् । अब दुई कारणले लिग रोमाञ्चक बन्दै जानेछ । यसपटकको लिग कसले जित्छ र कुन कुन दुई टोली रेलिगेसनमा पर्छन् । लिगको अर्को आकर्षणका रुपमा रहेको एएफसी कप छनोट खेल्ने टोलीको टुंगो भने यसै साता लागिसकेको छ ।
खासमा लिग विजेताले एएफसी कपको छनोट खेल्न पाउने प्रावधान हो । तर, नेपालको लिग सकिएको केहि समयमा नै छनोट चरणका खेल सुरु हुने भएकाले एसियाली फुटबल महासंघ (एएफसी) ले त्यसअघि नै छनोट खेल्ने टोलीको नाम मागेको थियो । त्यसलाई मध्यनजर गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा) ले सातौं चरणको अंक तालिकाको माथिल्लो स्थानमा रहने टोलीलाई छनोटमा पठाउने निर्णय गर्यो । तर, त्यसका लागि भने ४ टोलीबीच मात्र प्रतिस्पर्धा थियो ।
एएफसी क्लब लाइसेन्स प्राप्त गरेका टोलीले मात्र एएफसीको आधिकारिक प्रतियोगिता खेल्न पाउने प्रावधान छ । त्यसअर्थ नेपालमा अहिले सम्म मछिन्द्र फुटबल क्लब, मनाङ मस्र्याङ्दी क्लब , त्रिभुवन आर्मी फुटबल क्लब र एपिएफ फुटबल क्लबले मात्र छनोट खेल्न पाउने प्रावधान छ । लिगमा खराब सुरुवात गरेको एपिएफ छनोटको दौडबाट चाँडै बाहिरिएको थियो । अर्को विभागिय टोली आर्मीले लिगमा अपराजित रहँदा रहँदै जितका लागि भने निकै संघर्ष गर्नुपरेको थियो । छैटौ चरणमा पुग्दा आर्मी पनि छनोटको दौडबाट बाहिरिएको थियो ।
अन्त्यमा मनाङ र मछिन्द्रबीचमात्र छनोटका लागि दौड थियो । सातौं चरण यि दुई टोलीले खेलेका अलग अलग खेलका कारण रोचक बनेको थियो । छैटौं चरणको समाप्तीमा मछिन्द्र शीर्षस्थानमा थियो । छैटौं चरणमा मनाङलाई नै १–० ले हराउँदै मछिन्द्र शीर्षस्थामा थियो । सातौं चरणमा मनाङ र मछिन्द्रले दुई दिनको फरकमा अलग अलग खेल खेले ।

मनाङले पोखरा रंगशालामा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) लाई १–० ले हराउँदै अंक तालिकाको शीर्षस्थानमा उक्लियो । भोली पल्ट दशरथ रंगशालामा नेपाल पुलिस क्लबलाई १–० ले हराएर मछिन्द्र पुनः लिगको शीर्षस्थानमा उक्लियो र एएफसी कप छनोटका लागि स्थान पक्का गर्यो ।
एकातिर एएफसी कप छनोटको दौड थियो भने अर्को तर्फ अन्य क्लबबीच अंकतालिकामा सुधार र रेलिगेसन दबाब कम गराउने प्रयास जारी थियो । सातौं चरणका ७ खेलमा ५ खेलमा हार जितको नतिजा निस्कयो भने दुई खेल बराबरीमा टुंगिए । दुई विभागिय टोली एपिएफ र आर्मीले १–१ को बराबरी खेले । एनआरटीले फ्रेन्ड्सलाई ३–२ ले पराजित गर्दै आफ्नो अवस्थालाई थप मजबुद बनायो ।
अंक तालिकाको पुछारमा रहेको फ्रेन्ड्समाथि भने रेलिगेसनको दबाब झन् बढेको छ । थ्री स्टारले लिगमा दोस्रो जित निकाल्ने क्रममा जावलाखेल युथ क्लबमाथि २–१ को जित निकाल्यो । रेलिगेसन दबाबमा रहेको अर्को टोली च्यासल युथ क्लबले लिगमा सफल नतिजा निकालिरहेको संकटा क्लबलाई गोलरहित बराबरीमा रोक्यो । हिमालयन शेर्पा क्लबले लिगमा निरन्तरत तेस्रो जित निकाल्ने क्रममा सातदोबाटो युथ क्लबलाई १–० ले पराजित गर्यो । सातौं चरणका ७ खेलमा जम्मा १३ गोल सम्भव भएको थियो ।

लिगका ४९ खेल सकिदा ९४ गोल भएका छन् । जसमध्ये ४० खेल पहिलो हाफ र ५४ गोल दोस्रो हाफमा भएका थिए । ३१ खेलमा जित हारको नतिजा निस्कदा १८ खेल बराबरीमा टुंगिएका छन् । त्यसमध्ये ९ खेल गोलरहित र ९ खेल गोलसहित बराबरीमा सकिएका छन् । सातदोबाटोका अजायी मार्टिन्स जारी लिगमा ह्याट्रिक पूरा गर्ने एक मात्र खेलाडीका रुपमा रहेका छन् । लिगमा अहिले सम्मा १ सय ४१ पहेलो र १ रातो कार्ड प्रयोग भएको छ ।
पुलिसविरुद्ध निर्णायक गोल गरेका मछिन्द्रका सुनिल जारी लिगको सर्वाधिक गोलकर्ताका रुपमा रहेका छन् । उनले ५ गोल गरेका छन् । सातदोबाटोका मार्टिन्स र एपिएफका आशिष लामाको नामा ४ गोल रहेको छ । संकटाका निरज बस्नेत, पुलिसका सुमन लामा, च्यासलका रुमेश बर्तौला, शेर्पाका मुताम्बा पिस्टोन, संकटाका उत्तम राई, एपिएफका विकी तामाङ, एनआरटीका मेसुके ओलुमोउ, जवालाखेलका निकोलस फर्नान्डेस र मनाङका अन्जन विष्टले समान ३ गोल गरेका छन् । अहिले सम्म ५६ खेलाडीले गोल गरेका छन् ।
सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७८ को खेल तालिका र नतिजाहरु हेर्न यहाँ थिच्नुहोस्
जम्मा खेलः ४९
जम्मा गोल – ९४
३१ जितको नतिजा
१८ बराबरीको नतिजा [९ खेल गोलरहित, ९ खेल गोलसहित]
ह्याट्रिक – १ [अजायी मार्टिन्स (सातदोबाटो) एपीएफविरुद्ध]
आत्मघाती गोल – २ [करण रावत (सातदोबाटो) एपीएफविरुद्ध, सिमन्त थापा (जावलाखेल) मच्छिन्द्रविरुद्ध]
पहिलो हाफमा गोल – ४० गोल
दोस्रो हाफमा गोल – ५४ गोल
पहेंलो कार्डः १४१
रातो कार्ड – १ [रोनेल एन्थोनी पउल (फ्रेन्ड्स) सातदोबाटोविरुद्ध (दोहोरो पँहेलो कार्ड)]
पेनाल्टीमा गोल – ३ [सुमन लामा (मनाङविरुद्ध), प्रिजेन तामाङ (एपिएफविरुद्ध), विश्वास श्रेष्ठ (सातदोबाटोविरुद्ध)]
पेनाल्टी मिस – ३ [विकास मेराग्लिया (थ्री स्टारविरुद्ध), शिशिर लेखी (मनाङविरुद्ध), मार्टिन एडेल्फे सिलो नंगा (शेर्पाविरुद्ध)]
सर्वाधिक गोलकर्ता:
५ गोल – सुनिल बल (मछिन्द्र) २+१+१+१ – ५ गोल
४ गोल : अजायी मार्टिन्स (सातदोबाटो), आशिष लामा (एपिएफ)
३ गोल गर्ने खेलाडीहरु : निरज बस्नेत (संकटा), सुमन लामा (पुलिस), रुमेश बर्ताैला (च्यासल), मुताम्वा पिस्टोन (शेर्पा), उत्तम राई (संकटा), विकी तामाङ (एपिएफ), मेसुके ओलुमोउ (एनआरटी), निकोलस फर्नान्डेस (जावलाखेल), अन्जन विष्ट (मनाङ)
कुल – ५६ खेलाडीको गोल

December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]