default_image

4 years ago

January 7, 2022

सातदोबाटोसँग संकटाको बराबरी

303 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – संकटा क्लब र सातदोबाटो युथ क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बराबरी खेल्दै अंक बाँडेका छन् । संकटा र सातदोबाटोले १–१ गोलको बराबरी खेलेका हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको प्रतिस्पर्धात्मक खेलको पहिलो हाफको नतिजा नै खेलको अन्तिम नतिजा बन्यो ।सातदोबाटोका सुशिल राईले गोल गर्दा संकटाका जया गुरुङले बराबरी गोल फर्काएका थिए ।

खेलको चौथो मिनेटमा सुदिप गुरुङको पेनाल्टी बक्सबाहिरको प्रहार संकटाका गोलक्षक राजा बावु थापाले पञ्च गर्दै बचाए । ११औं मिनेटमा फोडे फोफानाको प्रहार अभिषेक बरालले मुस्किलले बचाउँदा संकटा अग्रता लिनबाट चुक्यो । १९औं मिनेटमा निरज बस्नेतको फ्रिकिक गोलरक्षक अभिषेकले बार नजिक फुस्काउँदा संकटा अग्रता लिनबाट चुक्यो ।

२३औं मिनेटमा सुशिल राईले गोल गर्दै सातदोबाटोलाई १–० को अग्रता दिलाए । निरज बस्नेतको ब्याक पासमा गोलरक्षक राजाबाबु थापाले गम्भीर गल्ती गरेपछि राजाबाबुले क्लियर गरेको बल सुशिललाई लाग्दै गोलमा परिणत भएको थियो । ३०औं मिनेटमा सुदिप गुरुङको पेनाल्टी बक्सबाहिरको सशक्त प्रहार क्रस बारमा लाग्दै बाहिरिदा सातदोबाटो अग्रता दोब्बर पार्नबाट चुक्यो ।

३२औं मिनेटमा जय गुरुङले दर्शनीय गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । दिपेश आलेमगरको पासलाई उनले झन्डै ३० यार्डबाट दोस्रो बार च्याप्दै गरेको प्रहारमा गोलरक्षक अभिषेकले कुनै प्रतिक्रिया नै जनाउन सकेन । ३९औं मिनेटमा दीपक राज सिंह ठकुरीको प्रहारलाई गोलरक्षक राजाबाबुले अघि बढ्दै बचाए ।

५२औं मिनेटमा दीपक राज सिंहको वान भर्सेस वानको प्रहार दोस्रो बार च्याप्दै बाहिरिदा सातदोबाटो अग्रता दोब्बर पार्नबाट चुक्यो । ७७औं मिनेटमा मार्टिन एडेल्फे सिलो नंगाको फ्रि हेडर पोस्ट नजिकैबाट आकासिदा सातदोबाटो अग्रता लिनबाट चुक्यो । दोस्रो हाफमा संकटाले भने

बराबरीपछि अपराजित रहेको संकटा ८ खेलबाट १४ अंक जोडेर तेस्रो स्थानमा यथावत रहेको छ । संकटाले लिगको ड खेलमा ३ जित र ५ बराबरीको नतिजा सातदोबाटो ८ खेलबाट ९ अंक जोडर आठौं स्थानमा यथावत रहेको छ । सातदोबाटोले लिगमा २ जित, ३ बराबरी र ३ हारको नतिजा निकालेको छ ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.